एकै पटक ५ सन्तान

२०७० जेष्ठ २९ गते, बुधबार

विश्वमा दिनप्रतिदिन अनौठा र अचम्मखालका घटना घटिरहेका छन् । चेक रिपब्लीकामा एउटा घटनाले चर्चा पाएको छ । अगाडी आमा बनिसकेकी २३ वर्षिया महिलाले एकैपटक ५ सन्तानलाई जन्म दिएकी छिन् ।अलेक्जेन्डा किनोभा नामकी यि महिलाले ४ छोरा र १ छोरीसहित ५ जनालाई एकैचोटी जन्माएकी हुन् ।
यसरी एकैपटक ५ सन्तानलाई जन्म दिएको चेक रिपब्लीका मा यो पहिलो घटना हो । जन्मेका ५ सन्तान जिवितै रहने सम्भावना ९५ प्रतिशत रहेको चिकित्सकहरुले बताएका छन् । आमा र बच्चा दुवैको स्वास्थ्य स्थिती राम्रो रहेको समाचारमा बताइएको छ ।
यसरी एकपटकमा ५ जना बच्चालाई जन्म दिनु अत्यन्तै दुलर्भ मानिन्छ । अलाबामा युनिभर्सिटीका डाक्टर राइट बेट्स भन्छन् । प्रत्येक ७० लाख जना गर्भवति महिलामा १ जनाले यसरी बच्चा जन्माउन सक्छन् । र जन्मेका सबै बच्चाहरु बाँच्ने सम्भावना न्यून हुन्छ । तर यो घट्नामा भने बच्चा बाँच्ने सम्भावना ९५ प्रतिशत रहेको छ । जन्मेका प्रत्येक बच्चाको तौल १ केजी ३६० ग्राम रहेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु