मध्यपश्चिम विश्वबिद्यालयमा पठनपाठन ठप्प

२०७० जेष्ठ १२ गते, आईतवार


सुर्खेत, १२ जेठ । आफन्त र दल निकटका व्यक्तिलाई जागिर खुवाउने होडबाजीले गर्दा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा फेरी भाडभैलो मच्चिएको छ ।कर्मचारी र शिक्षक नियूक्तिका विषयमा विवाद भएर महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी जारी रहेका बेला आंशिक रुपमा कार्यरत ६० भन्दा बढी शिक्षकहरुलाई एकै पटकमा करार नियूक्ति गरेपछि भाडभैलो सुरु भएको हो ।श्रोतका अनुसार कक्षा संञ्चालन गर्ने बाहनामा यसअघि आफन्त र दल निकटका व्यक्तिलाई धमाधम आंशिक नियूक्त गरिएका ६५ जना शिक्षकलाई कार्यकारी परिषदको निर्णय भन्दै नियम विपरीत करार नियूक्त गरेपछि विश्वविद्यालय प्राज्ञिक थलो भन्दा कार्यकर्ता भत्र्ती केन्द्रका रुपमा परिणत भएको आरोप समेल लाग्न थालेको छ ।विश्वविद्यालयका लागि आवश्यक जनशक्ति भर्नाका लागि विश्वविद्यालय सेवा आयोग गठन गरिए पनि आयोगले अहिलेसम्म कर्मचारी र शिक्षक भर्नामा कुनै प्रक्रिया सुरु गरेको छैन ।

प्रतिक्रियाहरु