शिक्षक छनोट परीक्षा सुरु हुँदै

२०७० जेष्ठ ९ गते, बिहीबार

काठमाडौ, । १७ बर्षपछि खुला विज्ञापन गरेर विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि आजबाट परीक्षा सुरु हुँदैछ । शिक्षक सेवा आयोगले सो परीक्षा लिन लागेको हो ।तीन दिनसम्म चल्ने परीक्षा अन्तर्गत आयोगले आज माध्यमिक तहको परीक्षा लिदैछ । माध्यमिक तहमा १७ विषयका दुई हजार दुई सय ८६ कोटाका लागि ३१ हजार ६ सय २० जना परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा निजामती कर्मचारीले सुपरिवेक्षण गर्ने छन् । सबै तहको परीक्षा दिउँसो दुई बजेदेखि पाँच बजेसम्म हुनेछ ।
निम्न माध्यमिक र प्राथमिक तहको परीक्षा भने शुक्रबार र शनिबार हुनेछ । निमावि तहको ९ वटा विषयका लागि २ हजार ७ सय ९३ सिटमा १ लाख ६८ हजार १ सय ८४ परीक्षार्थीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी प्रावितहको ७ हजार ९ सय ८० शिक्षक लागि २ लाख ५० हजार ९ सय ५४ जना परीक्षामा सहभागी हुने आयोगले जनाएको छ ।

प्रतिक्रियाहरु