आज विद्यार्थी आन्दोलन दिवस

२०७० जेष्ठ १ गते, बुधबार

काठमाडौ , आज जेठ १ गते विद्यार्थी आन्दोलन दिवस ,४० वर्षअघि आजैका दिन पञ्चायतलाई घुँडा टेकाएर स्ववियु खोल्न पाउने अधिकार स्थापित भएको हो ।त्यसैले आजको दिनलाई विशेषगरी वामपन्थी विद्यार्थी संगठनहरुले विद्यार्थी आन्दोलने दिवस मनाउने गरेका छन् । पञ्चायती व्यवस्थाको बिरोध गर्नेहरुको ताँतीमा विद्यार्थीहरु सबैभन्दा अगाडि थिए ।
अहिलेजस्तै त्योबेला पनि विद्यार्थीहरुको जोश, जाँगर मजाले देख्न पाइन्थ्यो । तिनै जोशिला र जाँगरिला विद्यार्थीहरुको सामु शासकवर्गलाई झुक्न कर लाग्थ्यो । त्यही झुकाइको एउटा दिन थियो-२०२१ जेठ १ गते । आज बिभिन्न विद्यार्थी संगठनहरुले त्यही दिनको स्मरण गर्दैछन् । उबेला एकताको फलस्वरुप स्थापित अधिकारको सम्झना गर्ने विद्यार्थीहरु अहिले भने आ-आफ्ना दलको पिछलग्गु बनेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रियाहरु