खर्बुजाले रक्तचाप नियन्त्रण गर्ने

२०७० बैशाख २८ गते, शनिबार

काठमाडौँ । उच्च रक्तचापको पर्ूवअवस्थाले समेत हृदयघात र मस्तिष्कघातको खतरा रहन्छ । धेरै मानिसले यस पक्षमा ध्यान दिएका हुँदैनन् । यस अवस्थताको नियन्त्रणमा खासै पहल पनि गरेको देखिँदैन । प्राकृतिक रूपमा उच्च रक्तचापको पूवअवस्थालाई नियन्त्रित गर्न खर्वुजा खानु बुद्धिमानी हुन्छ । वैज्ञानिकले पनि यसलाई सिद्ध गरेका छन् । अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका खाद्य वैज्ञानिकले खर्वुजामा पाइने एल-सिट्रलिनले रक्तचाप नियन्त्रणमा भूमिका खेल्ने जनाउँदै छ हप्तासम्म खर्वुजा खुवाउँदा अनुसन्धानमा सहभागी सबैजनाको रक्तचाप सामान्य भएको बताएका छन् । दि न्युजका प्रमुख अनुसन्धानकर्ता डा. आर्टरो फिगुओराले खर्वुजा खाने गरेमा उच्च रक्तचापको पूवअवस्था हट्ने र उच्च रक्तचाप हुन नपाउने बताएका छन् । गर्मीयाममा हुने खर्वुजा खाएमा गर्मीबाट राहत मात्र मिल्दैन त्यसमा रहेको एल-सिट्रलिनले रक्तसञ्चार प्रणालीमा सकारात्मक असर गर्छ । एल सिट्रलिन एक प्रकारको अमिनो एसिड हो, जसले रक्तचाप स्वस्थ राख्न सहयोग पुर्याउँछ । एक पटक शरीरमा पुगेपछि एल-सिट्रलिन प्रशोधित भएर अर्को प्रकारको अमिनो एसिड एल-अर्गाइनिनमा परिणत हुन्छ । तर, पुरकको रूपमा एल-सिट्रलिन खाएमा यसका केही दुष्प्रभाव परी वाकवाकी लाग्ने, वान्ता हुने, झाडापाखाला लाग्ने र पाचन प्रणालीमा समस्या आइपर्ने हुनसक्छ । त्यसैले, डा. फिगुओरा भन्छन्- धमनीमा कडापन उत्पन्न भएका र रक्तचाप बढेकाहरूले सकभर खाद्य वस्तुबाटै एल-सिट्रलिन लिनुपर्छ साह्रै समस्यामा परेकाहरूले यसको कृतिम स्वरूप पनि लिन सक्छन् । एल-सिट्रलिन पाइने सुरक्षित र राम्रो स्रोत हो खर्वुजा । यसबाट कुनै दुष्प्रभाव पर्दैन । रक्तसञ्चार प्रणाली सुधार गर्न खर्वुजामा पर्याप्त मात्रामा पोटासियम पनि पाइन्छ । – एजेन्सी

प्रतिक्रियाहरु