अवैधानिक सम्पर्क कार्यालय हटाउन ज्ञापन

२०७० बैशाख १६ गते, सोमबार


काठमाडौं, – नेकपा-माओवादीसहित ३३ दलले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउन माग गर्दै भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएका छन् ।माओवादी उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा गएका ३३ दलका प्रतिनिधिहरुले लैनचौरस्थित दूतावासमा पुगेर बुझाएको ज्ञापन पत्रमा नेपाल सरकारको अनुमतिबिना विराटनगरमा राखेको सम्पर्क कार्यालय र त्यसद्वारा सञ्चालित गतिविधि बन्द गर्न आग्रह गरिएको छ ।
ज्ञापन पत्र बुझाएपछि सञ्चारकर्मीसँग गजुरेलले भारतले अवैधानिकरुपमा सामरिक महत्व राख्ने कार्यालय खोलेर राष्ट्रिय स्वाधीनतामाथि धावा बोलेको आरोप लगाए । उनले वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको बताउँदै विराटनगरको सम्पर्क कार्यालयलाई ‘सानो दूतावास’मा परिणत गर्न खोजेको आरोप लगाए ।

प्रतिक्रियाहरु