‘मजदूर मारा’ संचार गृहमा ताला लाग्ने

२०७० बैशाख १५ गते, आईतवार


काठमाडौ। नेकपा–माओवादीको मजदुर संगठनले पत्रकारको न्युनतम तलव १५ हजार कायम गर्न मागगर्दै संचार गृहमा आन्दोलन सुरु गर्ने भएको छ । संगठनले पत्रकारलाइ १० लाख बराबरको जीवन विमा र दुर्घटना विमाको मागपनि संगै राखेको छ । अखिल नेपाल क्रान्तिकारी, संचार छापाखाना प्रकाशन संघले पत्रकार लगायत संचार माध्यममा कार्यरत मजदुरको न्युनतम तलव १५ हजार पु-याउने माग पूरा गर्न अल्टिमेटम सहित संचार गृहमा धाउने भएको छ ।आइतवार कान्तिपूर पव्लिकेसनका मालिकलाइ २० बुदे ‘अधिकार पत्र’बुझाएर आन्दोलनको शंखघोष गर्न लागेको संघका संयोजक जन्मदेव जैसीले जानकारी दिए । आफूहरुका माग पूरा नभए संघर्षमा उत्रिनुको विकल्प नभएको संयोजक जैसीले बताए । आफूहरुका माग पूरा नभए केहीदिनमै आन्दोलन सुरु हुने र ‘मजदूर मारा’ ठूला संचार गृहमा ताला लाग्ने संघले चेतावनी दिएको छ । आफूहरुका जायज मागलाइ वेवास्ता गरिए आन्दोलनको उत्कर्ष स्वरुप कान्तिपूर लगायत ठूला संचार गृहमा ताला लगाउन पछि नपर्ने संघले चेतावनी दिएको छ ।नेपालको सबैभन्दा ठूलो संचार गृह कान्तिपूरमा एक हजार भन्दा बढि कर्मचारी कार्यरत छन । बिज्ञापन बजारमा एकाधिकार भएपनि कान्तिपूरले मजदुरहरुलाइ समस सापेक्ष पारिश्रमिक दिएको छैन । खासगरी पव्लिकेसनका मदजुर र पत्रिका वितरक साइकल म्यान व्यबस्थापनप्रति निकै असन्तुष्त रहेका बताइन्छ ।
कान्तिपूर पव्लिकेसनलाइ’बुझाएको २० सुत्रीय अधिकार–पत्र:
१) राज्यका सबै निकायमा मजदुरवर्गको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरियोस् ।
२) गोलमेच सभाबाट वर्तमान राजनीतिक संकटको समाधान गरियोस् ।
३) राज्यद्धारा बेपत्ता नेता–कार्यकर्ताहरुको स्थिति तुरुन्त सार्वजनिक गरियोस् र जनयुद्धकालीन सम्पूर्ण राजनीतिक मुद्धाहरु खारेज गरियोस् ।
४) संवैधानिक मजदुर आयोग गठन गरियोस् र मजदुरपक्षीय श्रम ऐन निर्माण गरियोस् ।
५) बेरोजगारलाई भत्ता दिइयोस्, वर्क परमिट लागू गरियोस्, र रासन कार्डको व्यवस्था गरियोस् ।
६) सञ्चार क्षेत्रमा भएको ज्यालादारी, करार र ठेकेदारी प्रथाको अन्त्य गरियोस् ।
७) सञ्चार गृहमा काम गर्ने मजदुर, कर्मचारी र पत्रकारलाई चित्त बुभ्mदो रकमसहितको अनिवार्य र स्वैच्छिक अवकाशको अबिलम्ब व्यवस्था गरियोस् ।
८) सम्पूर्ण मजदुर, पत्रकार र कर्मचारीलाई महिना बित्ने वित्तिकै पहिलो हप्ताभित्रै तलव भुक्तानीको व्यवस्था गरियोस् ।
९) राष्टिय स्वाधिन अर्थतन्त्रको निर्माण गर्न सञ्चार क्षेत्रमा व्याप्त माफियाकरणको अन्त्य गरियोस् ।
१०) सम्पूर्ण मजदुरलाई न्युनतम तलब रु १५,०००।– कायम गरियोस् र दैनिक न्युनतम ज्याला रु. ७००।– लागु गरियोस् ।
११) सञ्चार क्षेत्रमा काम गर्ने महिला मजदुर, पत्रकार र कर्मचारीलाई विशेष व्यवस्थासहित समान कामको समान पारिश्रमिकको सुनिश्चितता गरियोस्, सुत्केरी विदा ६ महिना लागु गरियोस् ।
१२) ९० दिन पूरा गरेका सम्पूर्ण मजदुरहरुलाई स्थायी नियुक्तिपत्र लागु गरियोस् । ‘नो वर्क नो पे’ ‘हायर एण्ड फायर’को अन्त्य गरियोस्, मजदुरविरोधी तथाकथित औद्योगिक सुरक्षा नीति खारेज गरियोस् । साथै सम्पूर्ण मजदुरलाई अनिवार्य परिचयपत्र र नियुक्तिपत्र लागु गरियोस् ।
१३) सञ्चार क्षेत्रमा काम गर्ने मजदुर, पत्रकार र कर्मचारीका छोरा–छोरीहरुलाई उच्च तहसम्म निशुल्क शिक्षा तथा स्वास्थ्य उपचारको व्यवस्था गरियोस् ।
१४) संगठित भएकै आधारमा भूमिकाविहिन बनाउने, जगेडामा राख्ने, बढुवामा रोक लगाउने, तलब रोक्का गर्ने लगायतका हर्कत तुरुन्त बन्द गरियोस् ।
१५) सामाजिक सुरक्षा कोषको लागि मजदुरबाट उठाउँदै आएको एक प्रतिशत कर बन्द गरियोस् । श्रमिक कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषमा जम्मा भएको साढे ७ अर्व रुपैयाँबाट मजदुर अस्पताल स्थापना गरियोस् । मजदुरपक्षीय संयन्त्र निर्माण गरी सामाजिक सुरक्षा कोषको निर्माण तथा परिचालन गरियोस् ।
१६) सञ्चार क्षेत्रमा काम गर्ने मजदुरहरुको न्युनतम १० लाख बराबरको जीवन विमा र अनिवार्य दुर्घटना बिमाको व्यवस्था लागु गरियोस् ।
१७) सबै सञ्चार प्रतिष्ठानमा काम गर्ने मजदुर÷कर्मचारीको समान कामको समान ज्याला निर्धारण गरियोस् ।
१८) निजी सुरक्षा ऐन निर्माण गरी त्यसैको आधारमा तलब निर्धारण गरियोस् ।
१९) सञ्चार गृहमा काम गर्ने मजदुरहरुलाई ‘मजदुर आवास’को व्यवस्था गरियोस्, यातायात सुविधा लागु गरियोस् ।
२०) अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघले पेश गरिएका २५ सुत्रीय अधिकारपत्र कार्यान्वयन गरियोस् ।

प्रतिक्रियाहरु