प्रचण्डलाई कालो झण्डा

२०७० बैशाख १५ गते, आईतवार


काठमाण्डौं । भारतको भ्रमणमा गएका प्रचण्डले पहिलो दिनबाटै बिरोध खेप्नु परेको छ | भारतको इन्दिरा गान्धी एयरपोटमा प्रचण्डले कालो झण्डाको सामना गर्नु परेको छ | इन्दिरा गान्धी बिमान स्थलमा ओर्लेका प्रचण्डले गाडीमा चढ्न नपाउदै कालो झण्डाको सामना गर्नु परेको हो | प्रबासी नेपालीहरुको संगठन अखिल भारत नेपाली एकता मन्च केन्द्रीय उपाध्यक्ष मोति गौतमको नेतृत्वमा अखिल भारत नेपाली एकता मन्च र नेपाली प्रगतिशील विद्यार्थी मन्च, भारतका कर्याकर्ताले प्रचण्डलाई कालो झण्डा देखाएका हुन | करिब साठी जनाको समुहमा आयका कार्यकर्ताले कालो झण्डा देखाएपछी त्यहाबाट जबर्जस्त बाहिर निस्किने क्रममा उनी चढेको गाडीले प्रदशनकारीहरु लाई ठक्कर दिदा दुई जना घाइते भएका छन | घाइते हुनेहरुमा बिष्णु केसी र हिरालाल बिक रहेका छन |

प्रतिक्रियाहरु