नारायणकाजीको कार्यक्रम बहिष्कार

२०७० बैशाख १४ गते, शनिबार


काठमाडौं , रामेछापको गुन्सी गा.वि.स.मा रहेको श्री सेतीदेवी मा.वि.को स्वर्ण जयन्ती कार्यक्रम मा एकिकृत ने.क.पा.(माओवादी)को उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को उपस्थिति हुने भएपछि स्थानिय अभिभावक र जनताले कार्यक्रम नै बहिष्कार गेका छन् ।उनिहरुले कार्यक्रमको मञ्च र स्वागत गेट भत्काई दिएका छन् भने कालो झण्डा समेत देखाएका छन् ।राष्ट्रघाती दलाललाई गाउ पस्न नदिने भन्दै गाउलेले उनलाई बिरोध गरेका हुन्।बिरोध कार्यक्रमलाई बिथोल्नको लागि बेथान,गुन्सी,गौश्वरा लगायतको ईलाका प्रहरी चौकी र सयौँ शसस्त्र प्रहरी परिचालन गरि संकटकालकै शैलीमा ब्यापक धरपकड र दमन गरेका छन् ।यसै वीच ३ जना प्रदर्शनकारी लाई प्रहरीले गिरफ्तार गरिएका छन् । कार्यक्रम स्थलमा थप झडपको सम्भावना भढ्दै गएको छ।

प्रतिक्रियाहरु