आज ६५ औँ कम्युनिष्ट स्थापना दिवस

२०७० बैशाख ९ गते, सोमबार


काठमाडौँ, । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ६५ औँ वर्ष प्रवेश गरेको छ । कम्युनिष्ट पार्टीले आजको दिनलाई स्थापना दिवसका रुपमा मनाउँदैछन् । तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।उनले नै कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरी तयार गरेका थिए । सुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टीहरु सिद्धान्ततः माक्र्सवाद र लेलिनवादमा विश्वास गर्ने भएपनि कार्यशैलीगत र विचारधारागत मतभेदका कारण कम्युनिष्ट पार्टीको विभाजन हुँदै आएको छ ।
स्थापना दिवसका अवसरमा आज नेकपा–माओवादी, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टीलगायतका पार्टीबाट विभिन्न कार्यक्रम आयोजना हुँदैछ ।

प्रतिक्रियाहरु