महानगरले नक्सामा डिजिटल पद्धति अपनाउने

२०६९ चैत्र १७ गते, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी १ वैशाखबाट सबै नक्सा कम्प्युटरकृत प्रणाली -डिजिटल सिस्टम) बाट स्वीकृत गर्ने भएको छ । महानगर क्षेत्रभित्रका घर तथा भौतिक संरचनाको निर्माणका लागि नक्सा बनाउँदा र पास गर्दा डिजिटल पद्धति अपनाउन लागिएको हो । डिजिटल डाटा इन्ट्रीको सबै प्रणाली तयार भएको र परीक्षणका रूपमा आगामी १ वैशाखबाट सुरु गरिने कामपा, सहरी विकास महाशाखा प्रमुख डा. उत्तरकुमार रेग्मीले जानकारी दिए । संयुक्त राष्ट्रसंघीय विकास कोष -युएनडिपी)को आर्थिक र प्राविधिक सहयोगमा डिजिटल पद्धति सुरु गर्न लागिएको महानगरले जनाएको छ । ‘नगरपरिषद्को निर्ण्र् अनुसार नै नक्सापासको कामलाई वैज्ञानिक र विशिष्टीकृत गर्न लागेका हौँ,’ महाशाखा प्रमुख डा. रेग्मीले भने, ‘युएनडिपीले केही भौतिक उपकरणसँगै सफ्टवेयरको समेत विकास गराइसकेको छ, नयाँ वर्षाट काम नै सुरु गर्ने तयारी गरेका छौँ ।’ डिजिटल पद्धति सुरु भएपछि अहिले हातले दर्ता गर्ने गरिएका सबै डाटा कम्प्युटकृत हुनेछन् । महानगरको वर्तमान कर्मचारी र भौतिक अवस्थाको तुलनामा सो योजना चुनौतीपूण् भएकाले तीन चरणमा लागू गर्न लागिएको डा. रेग्मीले बताए । उनले भने, ‘हामीसँग दक्ष र सो प्रविधि चलाउन सक्ने प्रशस्त जनशक्ति नभएकाले सुरुवातमा युएनडिपीले नै प्राविधिक सहयोग पुर्याएको छ । बिहीबारबाट नै कम्तीमा सातजनालाई तालिमसमेत दिँदै छ ।’ उनका अनुसार पहिलो चरण वैशाखदेखि साउनसम्म र दोस्रो चरण दसैँसम्म रहनेछ । सो पद्धतिलाई प्रभावकारी रूपमा लागू गर्न ४० जनासम्म महानगरका कर्मचारीलाई तालिम दिने र सम्पर्ूण्ा उपकरण सहयोग गर्ने सम्झौता भइसकेको छ । घरजग्गाको नक्सापास गराउँदा सेवाग्राहीले झेल्दै आएको झमेलालाई हटाउन इमेलबाटै अपुग डाटा लिने र इमेलबाटै प्रमाणपत्र दिने दीघकालीन लक्ष्यका साथ काम अघि बढाइएको महानगरको भनाइ छ । सो पद्धतिमा काम गर्दा कुनै घरधनीले आफ्नो घरको नक्सापास गराउँदा सुरुवातमा महानगरले उपलब्ध गराएको डिजिटल फाराम भर्नुपर्नेछ । सो विवरणमा घरधनीको नाम, ठेगाना, सहरी लोकेसन, सडकको लोकेसनलगायत सम्पूण् व्यक्तिगत जानकारी र नक्सा लिन खोजिएको संरचनाको पूण् जानकारी रहनेछन् । सेवाग्राहीले भरेको फाराममा डाटा अपुग भए स्वतः नक्सापासको प्रस्ताव कम्प्युटरले अस्वीकृत गरिदिनेछ । अपुग डाटा पुनः भरेपछि नक्सापासको पहिलो चरण पूरा हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु