बिस्केट जात्रा चैत २८ गतेदेखि

२०६९ चैत्र १७ गते, शनिबार


काठमाडौँ । बिस्केट जात्रालाई शान्तिपूण्रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरले सुरक्षा व्यवस्थामा कर्डाई गर्ने भएको छ । नयाँ वर्षो अवसरमा भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रामा हरेक वर्षढुङ्गा हानाहान हुने र एक दर्जनभन्दा बढी घाइते हुने यो जात्रालाई यसवर्षशान्तिपूणारूपमा सम्पन्न गर्न शान्ति सुरक्षामा कर्डाई गर्न लागिएको निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज भट्टर्राईले जानकारी दिए । सुरक्षा रणनीतिबारे विशेष बैठक बसेर सुरक्षाका अवधारणा बनाइएको छ । आउँदो चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक महत्वको बिस्केट जात्रालाई सुसंस्कृत रूपमा सञ्चालन गराउन सुरक्षा व्यवस्थालाई निकै कडा बनाइने महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले बताए । जात्रा हुने मुख्य क्षेत्र र ढुङ्गा हानाहान हुने क्षेत्रमा ढुङ्गा हान्नेहरूको पहिचानका लागि प्रहरी र प्रशासनले यस वर्षसिसी क्यामरा जडान गर्ने भएको छ । प्रहरी उपरीक्षक चौधरीले भने, ‘यसवर्षहामीले जात्रा सञ्चालन हुने चोकचोकमा, ढुङ्गा हान्ने स्थानहरूमा र विगतका झगडा भएका स्थानमा सिसी क्यामरा जडान गर्न र त्यस्ता व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिएर कारबाही गर्ने भएका छौँ ।’ विगतका वर्षरूमा ढुङ्गा हान्ने व्यक्तिहरूलाई अहिलेदेखि नै निगरानीमा राखिएको प्रहरीले जनाएको छ । यसवर्षढुङ्गा हान्ने र झगडा गर्नेलाई पक्राउ गरी र्सार्वजनिक मुद्दा लगाइने र कम्तीमा आठ दिनसम्म थुनामा राखिने प्रहरीले बताएको छ ।
रथ तान्ने दिन स्थानीय होटलहरूसमेत केही घण्टाका लागि बन्द गराउने प्रशासनको योजना छ । भक्तपुरसँगै काठमाडौँका जनपद, सशस्त्र प्रहरीसमेत ल्याएर सुरक्षा व्यवस्था कडा गरिने र सादा पोसाकका प्रहरीसमेत व्यापकरूपमा खटाइने भएको छ । जात्रामा स्थानीय क्लब, संघसंस्थाका सदस्यहरूलाई स्वयसेवकका रूपमा परिचालन गरिने भएको छ ।

प्रतिक्रियाहरु