आजदेखि ललितपुर महोत्सव

२०६९ चैत्र १५ गते, बिहीबार


ललितपुर– आजदेखि ललितपुर महोत्सव सुरु भएको छ । आजविहान पाटनढोकाबाट सांस्कृतिक र्यामली सहित महोत्सव सुरु भएको हो ।‘कला संस्कृति र सम्पदा हाम्रो सभ्यता, सामाजिक आर्थिक विकासका लागि ललितपुर महोत्सव’ भन्ने नारका साथ ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर उपमहानगरपालिका र ज्यापु समाजले महोत्सवको संयुक्त आयोजना गरेका हुन् ।स्थानीय संस्कृति, प्राकृतिक स्रोत साधन र लोपोन्मूख अवस्थामा पुगेका बाजागागा संरक्षण र प्रवद्र्धन गर्न महोत्सव गरिएको आयोजकले जनाएको छ ।७ दिनसम्म चल्ने महोत्सवमा हरेक दिन टोल टोलबाट स्थानीय संस्कृति झल्कने कार्यक्रम हुने महोत्सव प्रचार प्रसार समितिका सदस्य सचिव सविन श्रेष्ठले जानकारी दिए । महोत्सवमा स्थानीय वस्तुको व्यवसायिक स्टल राखिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु