नेपालीको हत्या गर्ने जापानीलाई १९ वर्ष जेलनेपालीको हत्या गर्ने जापानीलाई १९ वर्ष जेल

२०६९ फाल्गुन २९ गते, मंगलवार

काठमाडौ । – एकजना नेपालीको हत्या गर्ने एक जापानीलाई त्यहाँको अदालतले १९ वर्ष जेल सजाय सुनाएको छ । उनलाई सघाउने एकजना केटी साथीलाई पनि सो अदालतले नौ वर्षे जेल सजाय सुनाएको जापानी समाचार समिति क्योदोले मङ्गलबार जनाएको छ ।नेपाली नागरिक ४२ वर्षीय विष्णुप्रसाद धमलालाको हत्याको आरोपमा जापानी नागरिक हिरोकी सिराहिसी र उनका महिला साथी मियोको सिराइसीलाई जापानको राजधानी टोकियोस्थित अदालतले सो सजाय सुनाएको हो ।अदालतले हिरोकीलाई १९ वर्ष र मियोकोलाई नौ वर्ष जेल सजाय सुनाएको हो । ती दुई जना रक्सीले मातेका र बाटोमा हिँडीरहेका विष्णुप्रसादलाई बिना कारण कुटपीट गरेका थिए ।दुवै जनाले विनाकारण बाटोमा हिँडेका ती नेपालीलाई बेहोस हुनेगरी कुटेर सडकमै छोडेका थिए । पछि बाटोमा राखिएको सिसी टिभीको माध्यमबाट ती व्यक्तिको पहिचान भएको थियो । सोही कुटपीटका कारण उनको ज्यान गएको प्रमाणित भएको छ । पिटाइबाट अचेत भएका ती व्यक्ति सडकमा लडेपछि पनि उनीहरुले कुटीरहेको दृश्य सो टिभीमा देखाइएको छ । उनलाई पिट्ने कुनै कारण नै नरहेको र मजाकका लागि उनीहरुले ती नेपालीलाई पिटेको प्रहरी अनुसन्धानबाट खुलेको समाचारमा जनाइएको छ । -एएफपी

प्रतिक्रियाहरु