आठौँ शताब्दी’ को मानव बस्ती फेला पर्योआठौँ शताब्दी’ को मानव बस्ती फेला पर्यो

२०६९ फाल्गुन २६ गते, शनिबार


काठमाडौँ । पुरातत्व विभाग विकास कोष र बेलायतको डुह्राम युनिभर्सिटीका विज्ञ तथा पुरातत्वविद्को टोलीले गरेको उत्खनन्बाट बुद्धस्थल तिलौराकोटमा इसापर्ूव आठौँ-नवौँ शताब्दीमा मानव बस्ती रहेको तथ्य फेला परेको छ । तिलौराकोटमा यस वर्षउत्तरपश्चिम सुरक्षा किल्ला पर्खाल र सन् १९६२ मा भारतीय पुरातत्वविद् देबला मित्राले उत्खनन गरेको ठाउँमा पुनः उत्खनन् गरिएको थियो । यसअघि गरिएको उत्खननमा इँटाको प्रयोगबाट धेरै संरचना बनेकोे भेटिए पनि यस पटक काठबाट निर्मित संरचना पाइएको छ । घर बनाउन प्रयोग गरिने काठ बाँसको खाँबो गाडिएको ‘पोस्ट होल’ पनि छ ।’ साढे ३ मिटर गहिराइमा ‘पोस्ट होल’ पाउनु निकै राम्रो संकेत हो, यसले तिलौराकोटको प्राचीनतालाई झनै पुष्टि गर्छ’ उत्खनन परियोजनाका संयोजक तथा वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले बताए । काठको खाँबो गाडिएको ‘प्वाल पोस्ट होल’ पाइएको पहिलोपटक बाहिर आएको भन्दै यसले तिलौराकोटको इतिहास पुरानो र लम्बिएको लुम्बिनी विकास कोष प्रमुख पुरातत्वविद् वसन्त बिडारीले बताए । यसअघि भएको उत्खननबाट ‘पोस्ट होल’ पाइएको कुरा ‘नोटिस’ गरिएको थिएन । उत्खननबाट डुह्राम युनिभर्सिटीका प्रमुख पुरातत्वविद् डा. क्रिस्टोफर डेबिस उत्साहित बनेका छन् । मान्छेले दैनिक जीवनमा प्रयोग गर्ने सामग्री भेटिनुले बुद्ध जन्मनुअघि त्यहाँ मानिसको चहलपहल रहेको पुष्टि भएको उनको बुझाइ छ । भेटिएका वस्तुको ल्याब टेस्टपछि आउने रिपोर्टबाट धेरै तथ्य बाहिर आउने उनले बताए । पुरातत्वविद् डा. डेबिसले भने, ‘हामी उत्खननबाट राम्रो तथ्य आएकामा खुसी छौँ, अब यसको आधिकारिता पुष्टि हुन मात्र बाँकी छ ।’ उत्खननबाट अँगार, तामाको पञ्चमार्क मुद्रा, माटोका चुरा, टाउको नभएको माटोको लक्ष्मीको मर्ूर्ति र पशु आकृतिको माटोका टुक्राहरु पाइएको उत्खनन टोली सदस्य पुरातत्व अधिकृत राम कँुवरले बताए । महत्वपर्ूण्ा मानिने अर्धबहुमूल्य बिँड पाइएको छ । त्यस्तै इसापर्ूव नवौँ-दसौँ शताब्दीअघिको कर्ड इम्प्रेस्ड बेयर, इसापर्ूव सातौँ-आठौँ शताब्दीका बेला प्रयोग गरिने ‘ब्ल्याक सिलिब्ड बेयर’ र एनबीपी भाँडाकुँडा भेटिएको छ । सुरक्षा किल्ला पर्खाल आसपास र त्योभन्दा तल्लो भागमा गई आधुनिक प्रविधि प्रयोग गरेर पुरातात्विक मूल्य मान्यताअनुसार उत्खनन गरिएको थियो । यसबाट सी १४ कार्बन टेस्टका लागि संकलित जलेको काठको कोइला र वातावरणीय अध्ययनका लागि माटोका नमुना डुह्राम युनिभर्सिटी बेलायत पठाइने बताएको छ । ल्याब टेस्टका लागि पठाएको नमुना खेर जाने वस्तु हुन् । एक महिनासम्म गरिएको उत्खननमा डुह्राम युनिभर्सिटीका प्रमुख पुरातत्वविद् डा. डेबिस त्यहीँकी पुरातत्वविद् जेनिफर र्टमब्लाय नेपालबाट युनेस्कोका कन्सलट्यान्ट पुरातत्वविद् कोषप्रसाद आचार्य पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत राम कुँवर र लुम्बिनी विकास कोषका प्रमुख पुरातत्वविद् वसन्त बिडारीसहितको १० सदस्यीय टोली संलग्न थिए । अर्को महत्वपर्ूण्ा उपलब्धि भने १९६२ मा भारतीय पुरातत्वविद् देबला मित्राले उत्खनन गरेर तिलौराकोट दोस्रो वा तेस्रो शताब्दीको भनेर उल्लेख गरेको कुरालाई चिर्ने काम भएको छ । प्रारम्भिक अनुमानबाटै तिलौराकोट इसा पर्ूव छैठौँ वा सातौँ शताब्दीको सहर भएको कन्सलट्यान्ट पुरातत्वविद् आचार्यले बताए । पुरातत्वविद् मित्राको रिपोर्टपछि भारतले आफ्नै ठाउँ सिर्द्धार्थनगरको अलिगढवामा राजा शुद्धोदनको राजधानी भनेर विवाद ल्याएको थियो । अहिलेको उत्खननले मित्राको दाबी स्वतः अस्वीकार गरेको पुरातत्वविद्हरुले बताए । शाक्य वंशीय गणराज्य तिलौराकोटको राजा शुद्धोदनको राजधानी हो भन्ने पुष्टि गर्न सहयोग पुगेको छ । तिलौराकोटमा भगवान् गौतम बुद्धले २९ वर्षो युवा अवस्था बिताएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार