पर्यटन विकासका लागि सहकार्यपर्यटन विकासका लागि सहकार्य

२०६९ फाल्गुन २६ गते, शनिबार

काठमाडौँ । इलाम, सिर्द्धार्थनगर र धनकुटा नगरपालिकाले पर्यटनको विकासका लागि सहकार्य गर्ने भएका छन् । नगरपालिका क्षेत्रभित्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण, सर्म्बर्द्धन, विस्तार र सदुपयोग गर्ने गराउने उद्देश्य प्राप्तिको लागि इलाम नगरपालिका र सिर्द्धार्थनगर नगरपालिका एवं इलाम नगरपालिका र धनकुटा नगरपालिकाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा इलाम नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारी र सिर्द्धार्थनगर नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त र्राई र धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत कुमार कोइरालाबीच हस्ताक्षर भएको हो । सम्झौतापत्रमा इलाम, सिर्द्धार्थनगर र धनकुटाको पर्यटन विकासको लागि संयुक्त रुपमा सहकार्य गर्न आवश्यक नीति तथा कार्यक्रमहरु तयार सहयोग आदानप्रदान गर्ने, पर्यटन पर््रवर्द्धन गर्ने नीति कार्यक्रम तयार गरी लागू गर्ने र आ-आफ्नो क्षेत्रको पर्यटन विकासको लागि भ्रमण प्याकेजहरु तयार गरी कार्यान्वयन गर्न साथै इलाम, सिर्द्धार्थनगर र धनकुटामा आउने पर्यटकहरुको बसाइ लम्ब्याउन आवश्यक नीति तर्जुमा गर्न एकआपसमा सहयोग आदानप्रदान गर्ने विषय समेटिएको छ । सम्झौतापत्रमा पर्यटन विकासको लागि सम्बन्धित सरकारी निकाय तथा स्थानीय निकायबीचमा समन्वय गर्न र सम्झौतापत्र कार्यान्वयनको लागि जिल्ला विकास समिति, पर्यटन क्षेत्रको विकासमा क्रियाशील सरोकारवाला सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्न, सहयोग प्राप्त गर्न, इलाम, सिर्द्धार्थनगर र धनकुटाको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाहृय पर्यटकको अभिवृद्धिका लागि आ-आफ्नो नगरपालिकामा पर्यटन सूचना केन्द्र स्थापना गरी अनुभव आदानप्रदान गर्ने, आ-आफ्ना क्षेत्रका पर्यटन व्यवसायसँग सम्बन्धित सबै पक्षहरुसँग सहकार्य गर्न अग्रसर हुने एवं पर्यटन सम्भावित क्षेत्रहरुमा महोत्सवहरुको आयोजना गर्न गराउन सहयोगको आदानप्रदान गर्न उल्लेख छ । पर्यटनको माध्यमबाट आर्थिक उपार्जनमा अभिवृद्धि गरी नगरपालिका र वरिपरिको क्षेत्रहरुलाई सकारात्मक प्रभाव पार्ने एवं पर्यटन क्षेत्रलाई नगर विकास र व्यवसायिक पर््रवर्द्धनमा अधिकतम परिचालन गरी आर्थिक बृद्धि हासिल गर्ने उद्देश्य प्राप्तिका लागि सिर्द्धार्थनगर र धनकुटा नगरपालिकासँग छुट्टाछुट्टै पर्यटन सहकार्यसम्बन्धी सम्झौता गरिएको इलाम नगरपालिकाका शाखा अधिकृत रामकुमार शाहले बताएका छन् । इलाम नगरपालिकाले जनकपुर, सिराहा र पाल्पा नगरपालिकासँग यस प्रकारको पर्यटन सहकार्यसम्बन्धी सम्झौता यस अघि नै गरिसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार