एसएसपी श्रेष्ठलाई बर्खास्त गर्न सिफारिसएसएसपी श्रेष्ठलाई बर्खास्त गर्न सिफारिस

२०६९ फाल्गुन २५ गते, शुक्रबार

काठमाडौ, – प्रहरी प्रधान कार्यालयले अवैध विदेशी मुद्रा तस्करी प्रकरणका मुख्य योजनाकार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविराज श्रेष्ठलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा उनी मुख्य योजनाकार देखिएको ठहर गर्दै बर्खास्त गर्नुपर्ने राय बुधबार गृह मन्त्रालय पठाएको हो । मन्त्रालयका सचिव नवीन घिमिरेले उक्त रायसँगै विभागीय कारबाहीको प्रस्ताव निर्णय प्रक्रियामा लगिने बताए । गृहमन्त्रीले सदर गरे एसएसपी श्रेष्ठ बर्खास्त हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे चार महिनाअघि सवा करोड रुपैयाँ बराबरको विदेशी मुद्रा ‘तस्करी गराउन खोजेका’ श्रेष्ठमाथि विभागीय कारबाही नहुनुले ठूलै चलखेलको आशंका जन्माएको छ । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारकै पहलबाट श्रेष्ठ आफ्नो २४ वर्ष लामो प्रहरी सेवामा चारपटक विमानस्थल सरुवा भएका थिए । गृहसम्बद्ध स्रोतका अनुसार, बर्खास्तको सिफारिससहितको कारबाही प्रस्ताव सचिवस्तरबाट बनेर पेस भए पनि त्यसमा तत्काल निर्णय हुने सम्भावना कम छ । गृहमन्त्री अनिच्छुक देखिएकाले ‘उपयुक्त वातावरण’ कुर्दाकुर्दै श्रेष्ठमाथि कारबाही प्रस्ताव खडा गर्न ढिला भएको एक अधिकारीले बताए । एसएसपी तहसम्म विभागीय कारबाहीका लागि मन्त्रिस्तरबाट निर्णय हुने कानुनी व्यवस्था छ । डीआईजीदेखि माथिल्ला तहका प्रहरी कर्मचारीमाथि कारबाहीका लागि मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने हुन्छ । आफ्नै चालक हवल्दार शोभित कार्कीलाई प्रयोग गरेर एसएसपी श्रेष्ठले मुरारीलाल जमालियाको विदेशी मुद्रा फ्लाई दुबईको उडानबाट विदेश उडाउन खोजेका थिए । हवाईजहाजमा बम भएको हल्लासँगै उडान रोकेर छापा मारिँदा विभिन्न नौ देशका अवैध मुद्रा विनोद सोनी भन्ने व्यक्तिको साथमा फेला परेको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भीष्म प्रसाईंको नेतृत्वमा बनेको छानबिन टोलीले प्रकरणको मुख्य दोषी श्रेष्ठलाई ठहर गरेको थियो ।

प्रतिक्रियाहरु