भरियाका लागि कपडा बैंकभरियाका लागि कपडा बैंक

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौ । ‘हिमाली क्षेत्रमा नजाउ पैसाको मुख देख्न गाह्रो हुने, जाउा भने तातो कपडा नहुादा कठ्याङ्गि्रएर मरिने डर, कपडा किनु भने वर्षभरि भारी बोकेर कमाएको रकम एउटै कपडामा स्वाहा हुने ।’ वर्षौं पहिले सोलुखुम्बुको हिमाली क्षेत्रमा जाने अधिकांश पर्यटक भरियाले न्यानो कपडाको अभावमा यस्तो समस्यासाग सामना गर्दै आएको भए पनि हिजोआज यस्तो समस्या झेल्नु पर्दैन । हिमाली क्षेत्रमा जाने पर्यटक भरियाले तातो कपडा नभएकै कारण ज्यान गुमाउनु परेको छैन । लुक्लामा कपडा -क्लोथिङ) बैंक स्थापना गरी भरियालाई कपडा उपलब्ध गराउन थालिएपछि यस्तो समस्या हट्न थालेको हो । हिमाली क्षेत्रमा जाादा न्यानो कपडाकै अभावमा कयौा भरियाको ज्यान जान थालेपछि लुक्लामा स्थापना भएको एभरेस्ट क्लदिङ बैंकले भरियाका लागि कपडा वितरण गर्न थालेको हो । कपडा बैंकमा अहिले २४० थान स्लिपिङ ब्याग र ३५० थान ज्याकेट छन् । कपडा बैंकले प्रतिव्यक्ति रु. एक हजार धरौटी लिई एकसरो कपडा दिने गर्दछ । कपडा फिर्ता गर्ने बेला नधोई ल्याएको खण्डमा बैंकले धुने शुल्क लिने नत्र एक रुपैया नकटाई व्यक्तिलाई नै फिर्ता दिने गर्दछ । कपडा बैंकका प्रमुख लाक्पा वाङछु शेर्पाले भने, ‘यत्ति नै दिनका लागि दिने भन्ने हुादैन । आवश्यकताको आधारमा उनीहरुले जति दिन पनि लैजान सक्छन्, तर उनीहरुको पथप्रदर्शक वा पर्यटक जो भए पनि एकजना जमानी बस्नुपर्छ ।’ कपडा बैंक स्थापना हुनुअघि तातो कपडाको अभावमा हिमाली भेगमा पर्यटक भरियाको बिचल्ली हुने गर्दथ्यो । हिमालमा चिसोका कारण कष्टकर जीवन बिताउनु परेको मात्र होइन, कयौाले ज्यानसमेत गुमाउनुपथ्र्यो तर कपडा बैंक स्थापना भएपछि पर्यटक भरियाको यो समस्या हल भएको छ । खिजीचण्डेश्वरी ओखलढुङ्गाका पर्यटक भरिया लोकबहादुर सुनुवार भन्न्छन्, ‘कति पटक लुगलुग कामेर ट्रेकिङ गरेा भन्ने गणना नै छैन, अहिले त छानीछानी तातो कपडा लगाउन पाइन्छ ।’ सुनुवार कपडा बैंकलाई भरियाको न्यानो साथी भन्न रुचाउन्छन् । उनी भन्न्छन्, ‘कपडा बैंक त भरियाका लागि न्यानो साथी नै हो, कपडा बैंक नभएको भए हिमालमा भारी बोकेर जाने धेरैको सपना पूरा हुादैन्थ्यो ।’ उनका अनुसार पैसाको लोभमा सुरुमा भारी बोकेर जान्छु भनेर कस्सिए पनि हिमाली क्षेत्रमा पुगेपछि न्यानो कपडाको अभावमा भारी बोकेर जानु वा फर्केर आउनु दोमन हुने गर्दथ्यो । आˆनै जीवनमा समेत कपडाको अभावमा धेरै दुःख खेपेका सुनुवार अहिले त मय राम्रो आएकाले भरियाले समेत सम्मानित जीवनयापन गर्न पाएको बताउन्छन् । उनले भने, ‘काखीमुनि हात लगाएपछि निकाल्नै गाह्रो हुन्थ्यो, ओाठ, चिउाडो कामेको काम्यै हुन्थ्यो तर अहिलेका पर्यटक भरियालाई स्लिपिङ ब्याग, ज्याकेट, पञ्जा छानीछानी लगाउन पाइन्छ ।’ पर्यटक भरियाका लागि कपडा वितरण गर्दै आएको हिमालय क्लब लुक्लालाई दाताको सहयोग बन्द भएमा यसलाई कसरी निरन्तरता दिने भन्ने ठूलो चुनौती छ । कर्मचारीको तलब र घरभाडासमेत पोर्ट प्रोग्रेस युकेले व्यहोरिरहेको हालको अवस्थामा कुनै एउटा शीर्षकमा मात्र सहयोग बन्द गरेमा कपडा बैंक बन्द हुनसक्छ । पोर्ट पोग्रेस युकेले घरभाडा, कर्मचारीको तलबभत्ता र बर्सेनि थप ज्याकेट र स्लिपिङ ब्याग उपलब्ध गराउने सम्झौता पनि सकिन लागेको छ । सन् २००७ अघि पोर्ट प्रोग्रेस नेपालले सञ्चालन गर्दै आएको कपडा बैंक हिमालय क्लब लुक्लाले जिम्मा लिएर सञ्चालन गर्न थालेको पाच वर्ष हुदैछ । सो बैंकका प्रमुख शेर्पाले भने, ‘अहिले पिपी युकेले सहयोग गर्दैछ, पिपीले सहयोग गर्न छाडेको अवस्थामा के गर्ने भन्ने योजना त अहिले नै बनाइसकेको छैन अब भने सोच्नुपर्ने दिन आइसक्यो जस्तो लाग्छ ।’ दाताले सहयोग गर्दा आमपर्यटक र भरियाको पि्रय बनेको कपडा बैंकले दाताले हात झिक्दा पनि निरन्तर सेवा दिने उपाय अवलम्बन गर्न जरुरी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार