साउदीमा आप्रवासीलाई आममाफी साउदीमा आप्रवासीलाई आममाफी

२०६९ फाल्गुन १६ गते, बुधबार

काठमाडौ, – साउदी अरब सरकारले गैह्र कानुनी रुपमा देशमा रहेका आप्रवासी कामदारलाई स्वदेश फिर्तिको लागि आममाफी (एम्नेष्टी) घोषणा गरेको छ । यो घोषणाबाट साउदीमा गैह्र कानुनी रुपमा कार्यरत करीब ७० हजार नेपालीलाई सुनौलो अवसर भएको रियादस्थित नेपाली दुतावासले जनाएको छ । साउदीमा ५ लाख भन्दा बढी नेपाली कार्यरत छन् ।साउदीका श्रम मन्त्री अडेल फकेईले आइतबार सरकारले आममाफीको घोषणा गरेको जनाएका थिए । आममाफीबाट भागेर काम गरेका, परिचयपत्र (अकामा) र पासपोर्ट नभएका कामदारले बिना दण्ड स्वदेश फिर्तीको फाईदा उठाउन सक्नेछन् ।’हाम्रो लागि यो सुनौलो अवसर हो’ साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डले कान्तिपुरलाई भने,’ यसबाट फाईदा लिन सकिएन भने ठुलो समस्या ब्यहोर्नुपर्छ ।’ आममाफी भित्र अपराधिक कृयाकलापमा लागेकाहरु भने पर्दैनन् ।दुतावासले गैह्र कानुनी रुपमा कार्यरत कामदार, जोसँग पासपोर्ट छैन, उनीलाई स्वदेश फिर्तीको लागि ‘ट्राभल डकुमेण्ड’ बनाइदिन्छ । साउदी सरकारले भर्खरैमात्र आममाफीको घोषणा गरेको हुँदा यसको प्रकृयाबारे विस्तृत जानकारी आई नसकेको दुतावासले जनाएको छ ।

प्रतिक्रियाहरु