सुँगाले ज्यान बचायो सुँगाले ज्यान बचायो

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौँ ।  बेलायतमा एक सुँगाले घरमा आगो लाग्दा आफ्नै ज्यान भने बचाउन नसके पनि मालिकको ज्यान बचाएको छ । डेली मेलको रिपोर्टअनुसार साउथवेल्सको लानेलीस्थित घरको बेडरुममा आगो लाग्दा घरबेटी बेन रिज बाथरुममा थिए । सुरुमा सुँगाले घरको बार्दलीबाट कर्राईकर्राई साहुलाई सचेत गराउन खोजेका थिए । नसुनेपछि सुँगाले ज्यानको पर्वाह नगरी बेडरुममा पुगेर जोडले कराएर मालिकलाई सावधान गरेका थिए । उनी बडो मुस्किलले बाहिरिएर सहयोगका लागि गुहार गर्नथाले । बेलैमा निस्कन नसक्दा सुँगाको भने आगोमा जलेर मृत्यु भयो ।

संसारमा इमानदार मान्छे फेला पार्नमुस्किल भइरहेको बेला साँचो मित्र बनेर वन्यजन्तु अगाडि आउन थालेका छन्् । कुकुर र बिरालोपछि सुँगाले पनि मालिकप्रति त्यागको उदाहरण प्रस्तुत गरेको छ ।काठमाडौँ ।  बेलायतमा एक सुँगाले घरमा आगो लाग्दा आफ्नै ज्यान भने बचाउन नसके पनि मालिकको ज्यान बचाएको छ । डेली मेलको रिपोर्टअनुसार साउथवेल्सको लानेलीस्थित घरको बेडरुममा आगो लाग्दा घरबेटी बेन रिज बाथरुममा थिए । सुरुमा सुँगाले घरको बार्दलीबाट कर्राईकर्राई साहुलाई सचेत गराउन खोजेका थिए । नसुनेपछि सुँगाले ज्यानको पर्वाह नगरी बेडरुममा पुगेर जोडले कराएर मालिकलाई सावधान गरेका थिए । उनी बडो मुस्किलले बाहिरिएर सहयोगका लागि गुहार गर्नथाले । बेलैमा निस्कन नसक्दा सुँगाको भने आगोमा जलेर मृत्यु भयो ।

संसारमा इमानदार मान्छे फेला पार्नमुस्किल भइरहेको बेला साँचो मित्र बनेर वन्यजन्तु अगाडि आउन थालेका छन्् । कुकुर र बिरालोपछि सुँगाले पनि मालिकप्रति त्यागको उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रियाहरु