२ सय महिला अब आजीवन नाङ्गै बस्ने२ सय महिला अब आजीवन नाङ्गै बस्ने

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौँ । भारतको कुम्भ मेलामा एकैसाथ २ सय महिलाले सामूहिक रूपमा नागा सन्यास धारणा गर्ने घोषणा गरेका हुन् ।  वसन्त पञ्चमीको अवसर पारेर उनीहरूले सामूहिक रूपमा केश मुन्डन गरी पिण्डदानसमेत गरेका छन् । भारतको प्रयागमा कुम्भ मेलाका बेला सन्यास धारणा गर्ने महिलाहरू अब आफनो परिवारसँग नरही धार्मिक कार्यमा लाग्ने वचनसहित भजनकिर्तनसमेत गरेका छन् । हिन्दु धर्मअनुसार महिलाहरूले सधैँ बस्त्र धारण गर्नुपर्ने मान्यता छ । उनीहरूले वस्त्रसमेत त्याग गरेकाले भारत सरकारले यसप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । भारत सरकारले केस मुन्डनमा भने कुनै आपत्ति जनाएको छैन । भारतमा लागेको कुम्भ मेलामा यसअघि एकै दिन ३ करोड धर्मावलम्बीहरूले स्नान गरेका थिए । भारतको इलाहवादस्थित गंगा नदी किनारमा जारी कुम्भ मेला ५५ दिनसम्म लाग्ने छ ।  एजेन्सी 

प्रतिक्रियाहरु