अव मुटु र फोक्सोको पनि प्रत्यारोपणअव मुटु र फोक्सोको पनि प्रत्यारोपण

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले पाँच वर्षभत्र मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज र रक्तमासी प्रत्यारोपण नेपालमा नै गरिने बताएका छन्् । तथ्यांकअनुसार विश्वमा बर्सेनि साढे तीन हजार मुटु प्रत्यारोपण हुने गरेको छ भने करिब आठ लाख व्यक्तिको मुटु समस्याले प्रत्यारोपण गर्ने अवस्था हुन्छ । छिमेकी राष्ट्र भारतमै ६० भन्दा बढी मुटु प्रत्यारोपण हुने गरेको छ । ‘दोस्रो चरण अर्न्तर्गत कलेजो, प्यांक्रियाज र रक्तमासी प्रत्यारोपण गर्ने लक्ष्य लिएका छौं,’ केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले भने, ‘कलेजोलगायत प्रत्यारोपणका लागि विज्ञलाई यसै वर्षप्रशिक्षणमा पठाउने तयारी गर्दछौं ।’ दर्ुइ वर्षभत्र कलेजो, प्यांक्रियाज र रक्तमासी प्रत्यारोपण थालिने उनले बताए । मुलुकमा बर्सेनि तीन हजार जनाको मृगौला फेल हुने गरेको छ । केन्द्रका अनुसार यसले करिब ६ अर्बरूपैयाँ बिदेसिने गरेको छ । यस्तै, बर्सर्ेे हजारभन्दा बढीको कलेजो फेल हुनुका साथै करिब ३० लाख मधुमेहका रोगीमध्ये थुप्रैले प्यांक्रियाज प्रत्यारोपणबाट लाभान्वित हुने सम्भावना डा.श्रेष्ठ औंंल्याउँछन्् । हालसम्म मुलुकमा मुटु र फोक्सो फेल हुनेको संख्या अनुमान गर्नसकिएको छैन । भारतमा भने मुटु, कलेजो, फोक्सो, प्यांक्रियाज, सानो आन्द्रा लगायतको प्रत्यारोपण हुन्छ । एक जना मस्तिष्क मृत्यु भएकाबाट दर्ुइ जनालाई आँखा, दर्ुइ जनालाई मृगौला, एक जनालाइ मुटु र एकभन्दा बढी व्यक्तिलाई कलेजो, फोक्सो एवं प्यांक्रियाज प्रत्यारोपण गर्नसकिने स्वास्थ्य सचिव प्रा.डा.प्रवीण मिश्र बताउँछन्् । मस्तिष्क मृत भएका दाताबाट दानका लागि अंग प्राप्त भए पनि यसलाई निर्धारित समयमै आवश्यक व्यक्तिमा प्रत्यारोपण गर्नु पर्ने भएकाले अंग प्रत्यारोपण केन्द्र आवश्यक हुन्छ । अंग पाउनु र प्रत्यारोपण गर्नबीचको समयसीमा मुटुका लागि ६ घण्टा, कलेजो र प्यांक्रियाजका लागि आठदेखि १२ घण्टा र आँखाका लागि २६ देखि ४८ घण्टा हो । यो समयसीमापछि अंग दान एवं प्रत्यारोपण बेकाम हुन्छ । यसबिच, सरकारले सञ्चालन गरेको मानव अंग प्रत्यारोपण केन्द्रमा तीन लाख ५० हजार रूपैयाँमै मृगौला प्रत्यारोपण हुने भएको छ । केन्द्रले सेवा सुरु गरेसँगै कर्ुर्नुपर्ने झन्झटबाट पनि बिरामी मुक्त भएका छन्् । केन्द्रको सर्म्पर्कमा पुगेका बिरामीको बढीमा दर्ुइ साताभित्र प्रत्यारोपण हुनेछ । केन्द्रको कार्यकारी निर्देशक डा. पुकार श्रेष्ठले कम शुल्कमा र्सवसाधारणलाई सेवा प्रदान गर्नलागेको बताउँछन्् । ‘धेरै कर्ुर्नु पर्दैन, बढीमा दर्ुइ साताभित्र प्रत्यारोपण हुन्छ,’ उनले भने, ‘तीन लाख ५० हजार रूपैयाँमा प्रत्यारोपण गछौर्ं । यसमा अन्य कुनै सेवा शुल्क तिर्नु पर्दैन ।’ केन्द्रले अन्य अस्पतालमा लिने एक लाख रूपैयाँ सेवा शुल्क र प्रत्यारोपण गर्नअघिको परीक्षणबापत लाग्ने ५० हजार रूपैयाँ छुट दिन लागेको हो । त्यस्तै डाइलासिस गर्न निजी अस्पतालमा २ हजार ५ सयभन्दा बढी लिइन्छ तर केन्द्रमा सामानबाहेक २ सय ५० रूपैयाँमा सेवा दिने बताएको छ । सामानको आठ सयदेखि हजार रूपैयाँ पर्छ । केन्द्रमा फार्मेसी सुविधा पनि छ । केन्द्रले सेवा सुरु गरेको अवसरमा पाँच जना बिरामीको मृगौला प्रत्यारोपण निःशुल्क गर्ने निर्ण्र्ाागरेको छ । त्यसमध्ये दर्ुइ जनाले गरिसकेका छन्् । महिनामा ४८ जनाको प्रत्यारोपण गर्नसक्ने क्षमता भए पनि अहिले सातामा तीन जनासम्मको गर्ने योजना छ । दैनिक २ सय ५० जनाको डाइलासिस गर्ने क्षमता भए पनि अहिलेलाई दिनहुँ १ सय ८० जनासम्मको गरिनेछ । केन्द्रमा सात विशेषज्ञसहित १५ चिकित्सक छन्् । केन्द्रमा २० वटा हेमोडाइलासिस मेसिन, २ वटा मेजर अपरेसन थिएटर, ६ आईसीयू र पोस्टअरेटिभ शैयया चालू अवस्थामा छ । त्यस्तै नेप|mोलोजी, युरोलोजी, मृगौला प्रत्यारोपण र कार्डियोलोजीको ओपिडी सेवा पनि दिइन्छ 

प्रतिक्रियाहरु