भारतले सुनको व्यापारमा कडाइ गर्नेभारतले सुनको व्यापारमा कडाइ गर्ने

२०६९ माघ २८ गते, आईतवार

काठमाडौ। भारत सरकारले बढ्दो वित्तीय घाटालाई रोक्न सुन बिक्रीमा व्यापक अंकुश लगाउने भएको छ । सुनको बढ्दो मागलाई नियन्त्रण गर्न केन्दि्रय बैंकले सुनको खरिदबिक्रीमा अंकुश लगाउन लागेको हो । भारतीय रिजर्व बैंकले बैंकबाट सुन बिक्रीमा रोक लगाउने गरी नयाा नीति जारी गर्ने अन्तिम तयारी गरेको छ । सुन आयात नियन्त्रण गर्न केन्दि्रय बैंकको एउटा समितिले धेरै मूल्यको सुन खरिदमा प्यान कार्ड अनिवार्य गर्न गैरबैकिङग फाइनान्स कम्पनीलाई सुन कर्जा निगरानी र नियन्त्रण गर्न सुझाव दिएको छ । केयुवी रावको अध्यक्षतामा बनेको यो समितिले मागमा नियन्त्रण गर्न गोल्ड स्टक बनाउन र धेरै मूल्यको सुन खरिदमा अनिवार्य चेकबाट भुक्तानी दिनुपर्ने पनि सिफारिस गरेको छ । सुनमा हुने भौतिक लगानी रोक्न गोल्ड बन्ड जारी गर्ने त्यस्तो लगानीमा कर छुट दिन, बैंकलाई सुन खरिद बिक्रीमा प्रतिबन्ध लगाउन र दुई दशक अघिको बुलियन कर्पोरेशन पुर्नजीवित गर्न पनि सुझाव दिएको छ । भारतमा सुन नियन्त्रण भए नेपालको बाटोबाट अझ धेरै सुन अवैध ढंगबाट भारत पुग्ने अनुमान गरिएको छ । अहिले नै करको दरमा हुने फरकबाट नाफा खान तिब्बतको कुतीबाट ल्याइएको सुन भारत लैजाने गरिन्छ । भारतमा सुन आयातमा नियन्त्रण भए नेपालको समेत वित्तीय अवस्था झन् बिग्रने जानकारहरू बताउाछन् । अहिले पनि अवैध रूपमा भारत जाने सुनबाट नेपालको मुद्रा विदेशिएको छ, भारतमा नियन्त्रण भए नेपालबाट सुन तस्करीको माध्यमबाट थप मुद्रा विदेशिने अर्थविदहरू बताउाछन् ।

प्रतिक्रियाहरु