टेलिकमका विभिन्न सेवामा छुटटेलिकमका विभिन्न सेवामा छुट

२०६९ माघ २८ गते, आईतवार

काठमाडौ । नेपाल टेलिकमले आˆनो नवौ वाषिर्कोत्सवका अवसरमा आफूले प्रदान गरेको विभिन्न सेवाको महसुल दरमा केही छुट प्रदान गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले टेलिकमका विभिन्न सेवामा छुट दिएको बताएका छन् । उनका अनुसार पिएसटिएन सेवाका ग्राहकलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने गरी न्यूनतम मासिक महसुल रु. २०० मा २२५ लोकल कल गर्न पाउने व्यवस्था गरिएको छ भने जिएसएम तथा सिडिएमए सेवा कम्पनीकै नेटवर्कभित्र हुने जिएमएस सेवाको विद्यमान महसुल दरमा अबदेखि फागुन ३० गतेसम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यसैगरी, जिएसएम र सिडिएमए मोबाइल सेवामा हाल उपलब्ध रात्रिकालीन समय -१० ः ०६) सेवाको महसुल दरमा आजदेखि फागुन ३० गतेसम्म प्रतिकल ३० पैसा कायम गरिएको, अस्ट्रेलिया र बेलायतमा १४२४ मार्फत् हुने कल सेवामा करबाहेक प्रतिमिनेट रु. १२ रहेकामा आजदेखि फागुन ३० गतेसम्म रु. चार कायम रहेको, त्यसैगरी, वाइम्याक्स प्रविधिबाट प्रदान गरिादै आएको टाडा प्याकेजमा १० जिबी बोनस प्रदान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सुरु गरेको चौथो पुस्ता द्धन् को वाइम्याक्स सेवा ७५ जिल्लाका सबै गाविसमा वितरण गर्ने महत्वकांक्षी योजना अघि सारेको छ । बिनातार -वायरलेस) को यो प्रविधि हाल काठमाडौा उपत्यका, बनेपा, धुलिखेल, चौतारा, दोलखा, रामेछाप, चितवन, पोखरा, भैरहवा, बुटवल र पाल्पा र आजदेखि विराटनगर, इटहरी, धरान, विर्तामोड, धुलाबारी, भद्रपुर र हेटौाडामा सुरु भएको छ । युवापुस्ताबीच यो सेवा अत्यन्त लोकपि्रय मानिएको छ । नेपाल टेलिकमको नवौा वाषिर्क उत्सवको उपलक्ष्यमा आज यहाा आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले सो जानकारी दिादै द्रुत गतिको इन्टरनेट सेवासमेत उपलब्ध हुने आइपी सिडिएमए सेवालाई आगामी एक महिनाभित्र मुलुकका सम्पूर्ण सहरमा सञ्चालन गर्ने र एक वर्ष छ महिनाभित्र मुलुकका सबै गाविसमा पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए । नौ वर्षअगाडि कम्पनीको कुल नाफा रु. तीन अर्ब १३ करोड २२ लाख रहेकामा चालु आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा रु. ११ अर्ब ६० करोड ५२ लाख पुगेको छ । त्यसैगरी, कम्पनीले चालु आर्थिक वर्षमा सरकारलाई रु. १९ अर्ब छ करोड १५ लाख राजस्व बुझाउने प्रक्षेपण गरेको छ । कम्पनीको विभिन्न सेवामा हाल ८४ लाख ग्राहक पुगिसकेका छन् । प्रतिफल प्राप्त हुने सुगम क्षेत्रमा मात्र आˆना सेवा विस्तार नगरी कम्पनीले ग्रामीण तथा अति दुर्गम क्षेत्रमा समेत विभिन्न प्रविधिमार्फत फिक्स लाइन, मोबाइल, द्रुतगतिको इन्टरनेट सेवा पुर्‍याएको छ । प्रबन्ध निर्देशक सिंहले प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा सरकारको ऐननियममा बााधिनु पर्दा समस्या आइरहेको, कम्पनीलाई रणनीतिक साझेदारीको अवधारणाअनुरूप सञ्चालन गर्न ल्याइएको नीति अर्थमन्त्रालयमा थन्किरहेकाले अप्ठ्यारो परिरहेको बताए । उनले स्तरीय दूरसञ्चार सेवाको पूर्वाधार खडा गरी सेवा नपुगेका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरूमा दूरसञ्चार क्षेत्रको पहुाच पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए । ट्रान्समिसन प्रणालीको विस्तार स्तरोन्नति तथा गुणस्तर क्षमता अभिवृद्धि गर्ने कार्यक्रमका अतिरिक्त वैकल्पिक सूचना मार्गनिर्माण गर्न ७५ जिल्लामा अप्टिकल फाइबर केबुल पुर्‍याउने कार्य भइरहेको उनले जानकारी दिए । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले कम्पनी अगाडि बढाउन मन्त्रालयका तर्फबाट सम्पूर्ण सहयोग हुने जानकारी दिादै कम्पनीले सामाजिक दायित्वलाई नबिर्स आग्रहसमेत गरे । उनले अर्थमन्त्रलाई टेवा पुर्‍याइराखेको कम्पनीका सेवालाई अझ चुस्त एवं सर्वसुलभ बनाउन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा मन्त्री यादवले कम्पनीद्वारा प्रकाशित स्मारिकाको विमोचन एवं बीस वर्षसेवा गरेका कर्मचारीहरूलाई सम्मान पनि गर्नभएको थियो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष ध्रुवप्रसाद शर्माले सेवाग्राहीका चाहना र आवश्यकतालाई ध्यान दिई दूरसञ्चारका क्षेत्रमा आएका थप नवीनतम प्रविधिलाई सेवाग्राहीसमक्ष पुर्‍याउन आग्रह गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार