सोनी इरिक्सन विरुद्ध सामसुङ

२०६९ माघ ५ गते, शुक्रबार

काठमाडौ । इरिक्सनले आˆनो केही पेटेन्ट प्रयोग गरेको भन्दै सामसुङले सोनी इरिक्सनका केही उत्पादनको आयात र बिक्रिमा प्रतिवन्ध लगाउन आग्रह गरेको छ । सामसुङले अमेरिकाको इन्टरनेशनल ट्रेड कमिसन -आइटिसी) मा परेको उजुरी अनुसार इरिक्सनले सामसुङको ७ उत्पादनको पेटेन्ट प्रयोग गरेको छ । यस्तै इरिक्सनले पनि गएको नोभेम्बरमा आइटिसी मै सामसुङले आˆनो पेटेन्ट प्रयोग गरेको भन्दै उजुरी हालेको थियो । उसले पनि सामसुङको उत्पादनको आयात र बिक्रिमा रोक लगाउन पनि आग्रह गरेको थियो । इरिक्सनले आˆनो पेटेन्टको उल्लंघन भएको पनि आरोप लगाएको छ । इरिक्सन र सामसुङबीच सामसुङले इरिक्सनको केही प्रविधीको पेटेन्ट प्रयोग गर्न पाउने सम्झौता भएको थियो । तर गएको २ वर्षदेखि यो सम्झौता नविकरण भएको छैन । इरिक्सनको दावा छ की सामसुङ आफूले तिर्न पर्ने पैसा घटाउन चाहान्छ । त्यस्तै इरिक्सनले धेरै पैसा मागेको दावी सामसुङले गर्दै आएको छ । ‘हामीले राम्रोसाग इरिक्सनसाग सम्झौता नविकरण गर्नखोजेका छौं । तर इरिक्सनले अनावश्यक माग राखेर यो सम्झौता अघि बढाउन चाहेको छैन । त्यसैले यो मुद्दा अदालतसम्म पुग्न सक्छ ।’ सामसुङले एक विज्ञप्तीमा बताएको छ । ‘यस्तो अवस्थामा हामी त्यही गर्छौ जे गर्दा हाम्रो कम्पनीलाई फाइदा हुन्छ ।’ टेलिकम्यूनिकेशन प्रविधीमा इरिक्सन नै पहिलो स्थानमा छ । योसाग संसारमा दैनिक रूपमा हुने सञ्चारलाई काम लाग्ने हजारौं प्रविधीको पेटेन्ट छ । यसको केही महत्वपूर्ण प्रविधी नै सामसुङ र अरु इलेक्ट्रोनिक कम्पनीले प्रयोग गर्छन् ।

प्रमुख प्रविधीको पेटेन्ट भएका इरिक्सनजस्ता कम्पनीले अरु कम्पनीसित ती पेटेन्ट प्रयोग गर्न पाउने गरेर सम्झौता गर्छन् । सम्झौता न्यायपूर्ण भेदभाव रहित र तर्कपूर्ण हुन जरुरी छ । प्रविधी प्रयोग गरे बापत सामसुङजस्ता कम्पनीले रोयल्टी तिर्ने गर्छन् । गएको वर्ष इरिक्सनले यस्तै रोयल्टीबाट ९ सय ३८ मिलियन डलर कमाएको थियो । तर यस्तो प्रविधीको पेटेन्ट भएका र पेटेन्ट लिने कम्पनीबिच बेला बेलामा विवाद भैरहेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार