फेसबुकले लाइकको संख्या लुकाउने !

काठमाडौं , १९ भदौ । फेसबुकले लाइकको संख्या लुकाउने तयारी गरेको दाबी गरिएका समाचारहरु बाहिरिएका छन् । विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकले युवाहरुमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै यस्तो तयारी गरेको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फेसबुकले लाइक लुकाउनका लागि कोडिङ गरिरहेको एक जना इन्जिनियरले पत्ता लगाएको बीबीसीले जनाएको छ । ति इन्जिनियरले फेसबुकको एन्ड्रोइड एपमा लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएपछि विश्वको चर्चित सामाजिक सञ्जालले लाइक सङ्ख्या नदेखाउने उपायबारे विचार गरिरहेको हुन सक्ने समाचारहरु बाहिरिएका हुन् । सक्रिय नभएको सो कोड जेन मान्चुन वङले पत्ता लगाएकी हुन् । तर यस विषयमा प्रतिक्रिया दिन भने फेसबुकले अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । फेसबुकले क्यानडा र ब्राजिलसहित सात देशमा इन्स्टाग्राममा लाइकको सङ्ख्या नदेखाउने गरि परीक्षण गरिरहेको छ।केही अध्ययनहरूले विशेषत: युवाहरूमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्य समस्याहरू ल्याउन सक्ने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>