नेकपा गोरखाद्वारा क्रान्तिका हरेक मोर्चा सफल पार्ने उद्घोष

२०८१ जेष्ठ २९ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गोरखाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार गोरखा जिल्ला सदरमुकाम गोरखा बजारमा नेकपाका केन्द्रीय प्रतिनिधी समिति सदस्य तथा गोरखा जिल्ला सेक्रेटरी काजी सीको अध्यक्षतामा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

नेकपाका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इञ्चार्ज कपिल सीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा गोरखा नगरपालिका इन्चार्ज योगेन्द्र सी, युवा संगठन नेपालका सचिवालय सदस्य तथा गण्डकी प्रदेश कार्यालय सचीव युवराज सी लगाएतले आफ्नो मन्तब्य राखेको नेकपा गोरखाले जनाएको छ।

प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कपिल सीले गोरखा जिल्लामा पार्टी सुदृढ र बिस्तार हुँदै गएको र समाजवादले नेपाली राजनीतिमा विजय हासिल गर्ने बताए । त्यसै गरि जिल्ला सेक्रेटरी काजी सीले नेपालमा आशावादको सञ्चार गर्ने पार्टी नेकपा मात्र भएको र आफुहरु क्रान्तिको सबै मोर्चामा सफल हुने दाबी गरे ।

प्रसिक्षण कार्यक्रमको सञ्चालन पालुङटार नगरपालिका इन्चार्ज दिलबहादुर सीले गरेका थिए भने स्वागत मन्तव्य बारपाक सुलीकोट गाउँपालिका इन्चार्ज रनबहादुर सीले राखेका थिए । प्रशिक्षणमा सहिद वेपत्ता परिवार स्थानीय तहका पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो सिरानचोक र अजिरकोट गाउँपालिका इन्चार्ज प्रकाश सीका अनुसार कार्यक्रममा नेकपा गोरखाका नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।-शाहस भट्ट

प्रतिक्रियाहरु