बिश्व

संयुक्त राष्ट्र सङ्घद्वारा नयाँ महामारी फैलिने चेतावनी

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्म विश्वमा नयाँ महामारी फैलिने चेतावनी दिएको छ। राष्ट्र सङ्घ अन्तर्गतको पर्यावरण कार्यक्रमले बदलिँदो जलवायु परिवर्तनका कारण विभिन्न प्रकारका जीवजन्तुहरूको वासस्थान नष्ट भएको हुँदा उनीहरूको अन्य जीवजन्तुहरूसँगको सम्पर्क बढेको भन्दै अबको ५–६ वर्षमा नयाँ महामारी फैलिने चेतावनी दिएको हो।पर्यावरण कार्यक्रमले एक अर्कासँगको सम्पर्क बढ्दा जनावरलाई हुने रोगबाट मानिस […]

२०८१ श्रावण ३ गते, बिहीबार

इजरायलद्वारा पुन: गाजामा आक्रमण : कम्तीमा ५० जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजा क्षेत्रमा पुन: मिसाइल आक्रमणमा गरेको छ। उक्त आक्रमणवाट कम्तीमा ५० जनाको मृत्यु भएको छ। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा थुप्रै मानिस घाइते भएका छन्। दक्षिणी शहर खान युनूस र मध्य गाजा क्षेत्रमा शक्तिशाली आक्रमण भएको अधिकारीहरूले जनाएका छन्। मध्य गाजाको आक्रमणमा नुसेरत क्षेत्रमा संयुक्त राष्ट्रसंघले सञ्चालन गरेको स्कुलमा रहेका २५ […]

२०८१ श्रावण २ गते, बुधबार

अफगानिस्तानमा बाढी : ४० जनाको मृत्यु, ३ सय बढी घाइते

काठमाडौँ । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण ४० जनाको मृत्यु भएको छ भने ३ सय बढी घाइते भएका छन् । अफगानिस्तानको स्वास्थ्य मन्त्रायलको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्त बढी प्रभावित भएको जनाएको छ । बाढी प्रभावित हजारौं नागरिक विस्थापित भएका छन् । विस्थापित परिवारले उचित राहतको […]

२०८१ श्रावण २ गते, बुधबार

ट्रम्पलाई गोली हान्ने युवकको तस्बिर सार्वजनिक

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने युवकको तस्बिर सार्वजनिक भएको छ।बीबीसीले ट्रम्पको हत्या प्रयसा गर्ने २० वर्षीय युवक थोमस म्याथ्यु क्रुक्सको तस्बिर सार्वजनिक गरेको हो । तस्बिर उनको स्कुलको वार्षिक पुस्तकबाट लिइएको हो । क्रुक्स पेन्सिलभेनियामा ट्रम्पले आयोजना गरेको चुनावी र्‍याली स्थलबाट एक घण्टा टाढा बेथेल पार्कमा बस्थे । तस्बिर सार्वजनिक हुनुअघि बेथेल […]

२०८१ असार ३२ गते, सोमबार

इजरायलद्वारा गाजामा मिसाइल हमला :३९ जनाको मृत्यु

काठमाडौँ । इजरायलले पेलेस्टाइनको गाजामा पुन मिसाइल आक्रमण गरेको छ। उक्त आक्रमणवाट ३९ जनाको मृत्यु भएको छ । गाजामा संयुक्त राष्ट्र संघले सञ्चालन गर्दै आएको विद्यालयमा मिसाइल प्रहार हँुदा १७ जनाको मृत्यु भएको हो भने ८० जना घाइते भएका छन् ।सयौं विस्थापित गाजाका मानिसहरूले आश्रय लिएर बसेको उक्त विद्यालय मिसाइल आक्रमणका कारण ध्वस्त भएको छ […]

२०८१ असार ३२ गते, सोमबार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडौँ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको जनाएका छन । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।एजेन्सीहरुले गोली लागे पनि ट्रम्प […]

२०८१ असार ३१ गते, आईतवार

इजरायली हवाइ हमलावाट ७१ प्यालेस्टाइनको मृत्यु, २८९ घाइते

काठमाडौँ । इजरायली सेनाले गाजाको खान युनिसको अल मवासी इलाकामा हवाइ हमला गरेको छ । सो हमलामा ७१ प्यालेस्टाइनको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा २८९ जना घाइते भएका छन् । इजरायली सेनाले सो क्षेत्रलाई सुरक्षित क्षेत्र भन्दै आएको थियो । साथै प्यालेस्टाइनलाई सो क्षेत्रमा आश्रय लिन आग्रह गरेको थियो । इजरायली […]

२०८१ असार ३१ गते, आईतवार

दैनिक आठ सय महिलाको गर्भावस्था र प्रसवका समयमा मृत्यु !

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वभर हरेक दिन लगभग ८०० महिलाको गर्भावस्था र प्रसवको समयमा अनावश्यक मृत्यु हुने गरेकोबताएका छन्। गुटेर्रेसले हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसमा आफ्नो सन्देशमा यो तथ्याङ्कको खुलासा गरेका हुन् । यो वर्ष जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) कार्यक्रमको ३० औँ वार्षिकोत्सवमा प्रतिज्ञाहरूलाई वास्तविकतामा परिणत […]

२०८१ असार ३० गते, शनिबार

इजरायलस्थित शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला

काठमाडौँ । इजरायलको सरकारी समाचार संस्था वाफाले इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका जनाएको छ । वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले शुजैयामा ८५ प्रतिशतभन्दा बढी आवासीय भवन ध्वस्त भएका छन् । रिपोर्टमा भनिएको छ, “सम्पूर्ण आवासीय भवनहरू भत्केका छन् । सडकहरू भत्केका छन् र यस क्षेत्रभरिका अन्य […]

२०८१ असार २९ गते, शुक्रबार

फ्रान्सको संसदीय निर्वाचनमा वामपन्थी मोर्चा सवैभन्दा ठूलो

काठमाडौँ । लेफ्ट फ्रन्टले संसदीय निर्वाचनको दोस्रो चरणमा सबैभन्दा बढी सीटहरू जितेसंगै फ्रान्सको संसदीय निर्वाचनमा वामपन्थी मोर्चा सवैभन्दा ठूलो बनेको छ। फ्रान्समा अब मुख्य तीन प्रतिस्पर्धी राजनीतिक समूहहरू – वामपन्थी, केन्द्रवादी र अति दक्षिणपन्थीको सामना गर्नुपर्ने भएको छ। त्रिशंकु अल्पमत संसद र गहिरो राजनीतिक अनिश्चितताको नयां चरणमा फ्रान्स प्रवेश गरेको छ ।पहिलो चरणको मतदानमा हावी […]

२०८१ असार २५ गते, सोमबार