अर्थ

नेप्से २.५२ प्रतिशतले बढ्यो

काठमाडौँ । नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै आज वाणिज्य बैंक समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूह एकै दिन ६.२८ प्रतिशतले बढेर १३६२.१६ विन्दुमा पुगेको छ ।बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । आज साढे १५ लाखको कारोबार हुँदा १४३ वटा कम्पनीको […]

२०८१ श्रावण ३ गते, बिहीबार

सपिङ सेन्टरमा आगलागी : १६ जनाको मृत्यु

काठमाडौँ। चीनको सिचुआन प्रान्तको जिगोङ सहरस्थित एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । १४ तले उक्त सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बुधबार साँझ भएको घटनामा ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । आगो नियन्त्रणका लागि रातभर लागेको थियो । आगलागीको खास […]

२०८१ श्रावण ३ गते, बिहीबार

बजेट कार्यान्वयन मार्गदर्शन जारी

काठमाडौँ । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शन परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मार्गदर्शन परिपत्र गरेको हो ।बजेट खर्चको अख्तियारी, […]

२०८१ श्रावण ३ गते, बिहीबार

अख्तियारद्वारा एक वर्षमा दुई सय एक मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५२० प्रतिवादी बनाइ दुई सय एक वटा भ्रष्टाचार सम्बन्धि मुद्दा दायर गरेको छ ।अख्तियारले गैरकानुनी लाभहानीका ५८, घुसका ४८, नक्कली शैक्षिक प्रमाणपत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४, राजश्व हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध ३ गरी २०१ मुद्दा विशेष अदालतमा […]

२०८१ श्रावण ३ गते, बिहीबार

नेप्से ५४ दशमलव ०४ अंकले बढ्यो

काठमाडौँ । नेप्से ५४ दशमलव ०४ अंकले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ किता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार […]

२०८१ श्रावण २ गते, बुधबार

सरकार लक्ष्यअनुसार राजस्व असुली गर्न असफल

काठमाडौँ । सरकार आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यअनुसार राजस्व असुली गर्न असफल भएको छ । यस आर्थिक वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने महत्वकांक्षी लक्ष्य राखेकोमा असार मसान्तसम्ममा १० खर्ब ७७ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको हो । सरकारले गत वर्ष करिब ४१ प्रतिशत राजस्व वृद्धिदर हुने लक्ष्य राखेपनि वर्षको अन्त्यसम्मा राजस्वमा […]

२०८१ श्रावण १ गते, मंगलवार

सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ८ सय

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मूल्य हो । यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो ।त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री […]

२०८१ श्रावण १ गते, मंगलवार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो !

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति […]

२०८१ श्रावण १ गते, मंगलवार

वाणिज्य बैंकहरूले ब्याजदर घटाए

काठमाडौँ । साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । अहिलेसम्म प्राप्त ११ वटा वाणिज्य बैंकको सूचनामध्ये ९ वटाले ब्याजदर घटाएका छन् भने २ वटा स्थिर राखेका छ । वाणिज्य बैंकहरुले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी साउनको ब्याजदरबारे जानकारी गराएका हुन्। बैंकहरूसँग प्रयाप्त निक्षेप रहेको र उक्त रकम राष्ट्र बैंकमा राख्नु परेको बैंकरहरूको […]

२०८१ असार ३२ गते, सोमबार

११ महिनामा पौने तीन खर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा करिब पौने तीन खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। चालु आवको साउनदेखि जेठसम्म दुई खर्ब ७३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो।गत आर्थिक वर्षको यही अवधिको तुलनामा आठ अर्ब रुपैयाँले इन्धन आयातमा कमी आएको छ। बजारमा पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा कमी आएको […]

२०८१ असार ३२ गते, सोमबार