नेकपाका पोलिटब्युरो सदस्य माईला सी चीन प्रस्थान

२०८१ जेष्ठ २९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माईला सी चीन प्रस्थान गरेका छन् । मंगलबार चिनियाँ कम्युनिस्ट पार्टी (CPC) अन्तर्राष्ट्रिय बिभागको निमन्त्रणामा चिनको युनान प्रान्त प्रस्थान गरेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको विषेश निमन्त्रणामा युनान प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता माईला सीले पछिल्लो समय चिनले विकाश गरेको प्रबिधिको विकाश कम्युनिस्ट पार्टीको अबस्थाबारे छलफल हुने बताए।
उनले भने, “चाइनाले गरेको बिज्ञान प्रबिधीको उच्च बिकाश, प्राप्त गरेको समृद्धि र नमुना मोडलको विषयमा छलफल तथा विभिन्न कम्युनिस्ट नेताहरूसंग अनुभव साटासाट हुनेछ।”
नेपालमा कम्युनिस्टहरुको अबस्था कम्युनिस्ट आन्दोलनबाट सिकेका अनुभव र चिनियाँ कम्युनिस्ट पार्टीहरुले विकाश गरेका नयाँ बिचार तथा अनुभवसमेतको फ्युजन गरेर विश्वमा कम्युनिस्टहरुको प्रभुत्वबारे पनि मासिनो छलफल हुने उनको भनाई थियो।
१० दिने चीन भ्रमणमा निस्किएका माइला सीलाई नेकपाका केन्द्रीय सदस्य भृकुटी सी, केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सेक्रेटरी चिरञ्जीवी सी लगाएतका दर्जनौं नेताकार्यकर्ताहरुले खादा माला र राष्ट्रिय झन्डा ओडाएर बिदाइ गरेका थिए।
काठमाडौँ सेक्रेटरी चिरञ्जीवी सीका अनुसार नेकपाका नेता माइला सी अन्तराष्ट्रिय बिभाग सदस्य खगेश्वर सी लगाएत अन्य कम्युनिस्ट पार्टीका प्रतिनिधिको जम्बो टोली अबको १० दिनसम्म चिनको युनान प्रान्त लगाएत विभिन्न ठाउँमा चिनियाँ कम्युनिस्ट नेताहरुसंग भेटघाट तथा गोष्ठीमा सरिक रहने छन् ।- शाहस भट्ट

प्रतिक्रियाहरु