‘चुनाव पनि क्रान्तिकै मोर्चा’

२०८१ बैशाख ५ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि आन्दोलन र क्रान्तिकै मोर्चा भएको बताएका छन् । केन्द्रिय कार्यालय कपिलवस्तुमा बुधबारदेखि जारी नेकपा नवौं केन्द्रिय समितिको पाचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लव सी ले चुनाव सम्बन्धि पार्टी धारणा प्रस्ट्याउदै चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिस्ट आन्दोलनको पुरानो चलनले अब काम नगर्ने भन्दै चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा भएकोले आगामी २०८४ मा हुने भनिएको चुनावलाई पनि त्यसरी नै लिनुपर्ने बताए । उनले भने- ” चुनाव पनि क्रान्तिकै मोर्चा हो यसलाई विगतमा कार्यनीतिक प्रयोग वा रणनीतिक प्रयोग भनेर विभाजन गरेर बुझ्ने चलन थियो अब त्यसरी हुन्न, त्यो पुरानो तरिका हो,साम्राज्यवाद अहिले नयाँ ढङ्गले आएको छ, ऊ कम्युनिस्ट आन्दोलनविरुद्ध समग्र युद्दको नीति लिएर आइरहेको छ, त्यसैले हामीले पनि संघर्षको समग्र तरिका प्रयोग गर्न आवश्यक छ ।”


महासचिव विप्लव सी ले साम्राज्यवादले आफ्नो उदेश्य पूरा गर्न कतिपय देशमा आफैले कम्युनिस्ट पार्टी खोलेर चलाइरहेको र कम्युनिस्ट पार्टी भित्रै घुसपैठ गरेर समाजवादी आन्दोलनलाई असफल पार्ने गरेको भन्दैआफुहरुले नेपाली विशेषताको समाजवादी क्रान्तिलाई सप्पन्न गर्न र संघर्षको समग्र तरिका अन्तर्गत चुनावलाई लिएको बताए । उनले नेपालमा अहिले भारत र अमेरिकाले कम्युनिस्टहरु बिरुद्ध भित्रबाट पनि खाने र बाहिरबाट पनि खाने नीति लिएको भन्दैअमेरिकाले नेपालमा पुजीवादी संघियता र कृश्चियनकरण गर्न खोजेको तथा भरतले हिन्दुइज्म र राजतन्त्रको नारा दिएर आउन खोजेकोले देशभक्त, कम्युनिस्ट, समाजवादी र लोकतान्त्रिक शक्तिको मोर्चा अनिवार्य रहेको बताए।

प्रतिक्रियाहरु