नेकपाको पोलिटब्यूरो बैठक सुरु

२०८१ बैशाख ४ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक कपिलवस्तुमास्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ भने आजदेखि पोलिटब्यूरो बैठक सुरु भएको छ।
बैठकमा महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहित प्रस्ताव पेस गरेका छन् । २० पृष्ठ लामो उक्त प्रस्ताव पोलिटब्यूरो सदस्यहरूले अध्ययन गरिरहेका छन् ।


बैठकको प्रारम्भमा पार्टी महासचिवले प्रस्तावको भावना (स्पीड) र सारतत्वबारे व्याख्या गरेका छन् । सो प्रस्तावमाथि पोलिटब्यूरो सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको नेकपाका स्थायी समिति सदस्य अनिल सीले बताए ।

प्रतिक्रियाहरु