सुन प्रतितोला २ हजार २ सय रुपैयाँ सस्तो !

२०८१ बैशाख २ गते, आईतवार


काठमाडौँ । गत वर्ष चैतभर उच्च कीर्तिमानी मूल्यमा कारोबार भएको सुन ०८१ सालको पहिलो कारोबार दिन २ हजार २ सय रुपैयाँ प्रतितोला सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन हालसम्मकै उच्च १ लाख ३९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
आइतबार घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँमा झरेको छ । तेजाबी सुन आज १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ। चाँदी पनि आज ५० रुपैयाँ सस्तो भएर १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। उता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस साढे २३ सय अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

प्रतिक्रियाहरु