विद्यार्थी भर्ना अभियान शुरु

२०८१ बैशाख २ गते, आईतवार


काठमाडौँ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ आजबाट नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । अभियानको पहिलो साता विद्यार्थी भर्ना र दोस्रो सातादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलो लगायतका कार्यक्रम हुनेछन् । अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य रहेको छ । विद्यालय जाने उमेर समूहका ५ वर्षका ५ लाख र विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाउन अभियान केन्द्रित हुनेछ ।
अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका संघ, गाउँपालिका महासंघ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया भइरहेको छ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानका लागि सहजीकरण कार्ययोजना तयार पारेको छ । जनक शिक्षा सामग्री केन्द्रले गत चैत १५ गतेदेखि आवश्यक पाठ्यपुस्तक वितरण शुरु गरि देशका अधिकांश स्थानमा पुर्‍याइसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु