कठोर श्रम र सरल जीवन समाजवादको निम्ति अनिवार्य

२०८१ बैशाख १ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले कठोर श्रम र सरल जीवन समाजवादको निम्ति अनिवार्य भएको उल्लेख गर्दै उत्पादनको नेतृत्व गर्नेले राज्यसत्ताको नेतृत्व गर्ने बताएका छन् । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभाको उद्घाटन गर्दै नेपाल उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले देशभरका छरिएका उत्पादन प्रणालीलाई एकत्रित गर्दै बृहत् उत्पादन गराउने उद्देश्य समेत रहेको भन्दै चितवन, कपिलवस्तु, बर्दिया लगायतका जिल्लामा छरिएर भइरहेको उत्पादनलाई कृषि सहकारीमार्फत विशाल उत्पादन बढाउने योजना रहेको बताए ।

उक्त कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य रणवीर सी, पिबिएम विजय सी, पिबिएम एवम् पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज सन्जीव सी, पिबिएम असल सी, सल्लाहकार सन्तोषी सी, प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।
राजुप्रसाद पौडेल (सन्देश सी) को अध्यक्षता र संन्चालक दिनेश सीको सञ्चालनमा भएको कार्यक्रममा सहकारी अगुवा र नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

प्रतिक्रियाहरु