नयाँ बर्ष २०८१ उत्साहपूर्ण हुनेछ (भिडियोसहित )

२०८१ बैशाख १ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले भिडियो संदेशमार्फत नयाँ बर्ष २०८१ को शुभकामना दिएका छन ।
महासचिव विप्लव सीले भिडियो सन्देशमार्फत देश विदेशमा बस्ने सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, समृद्धि, एकता, भातृत्व, सदभाव र स्वाधीनताको शुभकामना व्यक्त गर्दै नयाँ बर्ष २०८१ उत्साहपूर्ण हुने बताएका छन्।
उनले शुभकामना सन्देशमार्फत सम्पूर्णखालका पछौटेपन,निरासा,अविश्वासबाट मुक्त भएको देश नयाँ बर्षमा होस भन्ने शुभकामना दिदै अलिकति भएपनि आफ्नै देशमा पसिना बगाउन पाउने र जनताको सेवा गर्दै रमाउन पाउने नयाँ बर्ष बनोस भन्ने शुभकामना दिएका छन ।
महासचिव विप्लव सीले भिडियो सन्देशमार्फत भनेका छन – ‘हाम्रै देशको जानतासंग बसेर हाम्रै देशमा रमाउन पाउँ, अलिकति पसिना बगाउन पाउँ र देशको सेवा गर्न पाउँ ।’
महासचिव विप्लव सीले भिडियो सन्देशमार्फत नयाँ बर्ष नयाँ जीवनको निर्माण गर्ने बर्ष बनोस भन्ने सदिक्षा प्रकट गरेका छन । उनले शुभकामना सन्देशमा भनेका छन – ‘हामी एउटा नयाँ जीवन थोरै भएपनि यो बर्षमा निर्माण गर्न पाउँ,नयाँ जीवनतिर बढाउन पाउँ,यो बर्ष सबैको प्रगति,उन्नति,समृद्धि होस,देशले स्वाधीनताको बाटो पक्रियोस ।’
महासचिव विप्लव सीले भिडियो सन्देशमार्फत वितेको २०८० सालमा थुप्रै नयाँ खालका अनुभूतिहरु संंघर्ष,सहकार्य र तिता मिठा कामहरु गरेर पार गरेको स्मरण गरेका छन । उनले दृढ आशावादी हुदै नयाँ बर्ष सबैका लागि उत्साहपूर्ण,आशावादी र विश्वासको बर्ष हुने अपेक्षा पनि गरेका छन ।


भिडियो सन्देश :

प्रतिक्रियाहरु