‘देश र जनताको रक्षा गर्न समाजवाद अनिबार्य’

२०८१ बैशाख १ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले देश र जनताको रक्षा गर्न समाजवाद अनिबार्य भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोद्वारा शुक्रवार नेपालगन्जमा आयोजित ‘बैदेशिक हस्तक्षेप र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।
महासचिव विप्लव सीले माओवादी जनयुद्ध र जनआन्दोलन कारण गणतन्त्र आएको उल्लेख गर्दै यसमा टिकेर अग्रगामी निकासको तत्कालिन संक्रमणकालिन बाटो नेपाली विशेषताको समाजवाद हुने ठोकुवा गरे । उनले समाजवादका बारे कोही पनि भ्रममा नपर्न अपिल गर्दै कम्युनिष्टको समाजवाद बैज्ञानिक समाजवाद भएको प्रस्ट्याउदै तत्कालका लागि सबै कम्युनिष्ट,वामपन्थी,देशभक्त र गणतन्त्रवादी शक्तिहरु एक भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र राजनीतिक संकटको अग्रगामी निकास दिन नेपाली विशेषताको समाजवाद चार दलिय समाजवादी मोर्चाले ल्याएको बताए ।
महासचिव विप्लवले अमेरिकी सेना नेपाल आउने कुराले चिनियाँ सेना पनि नेपाल आउने निश्चित भएको भन्दै यसले नेपाल अन्ततःयुक्रेनको हालतमा पुग्ने टिप्पणी गरे । उनले अहिले विश्व एकध्रुवीय विश्व नभएको खुलासा गर्दै अमेरिका विरुद्ध अरु ध्रु्रवपनि खडा भएकाले विश्व बहुध्र्रुवमा गएको स्पष्ट पारे । महासचिव विप्लवले विदेशी हस्तक्षेप बढेर गएको बेला देश र जनताको रक्षा गर्न समाजवाद जरुरी हुने जिकिर गरे ।
महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवादले मात्र अमेरिकी सेना नेपाल आउने कुरा रोक्न सक्ने बताउदै भने – ‘अमेरिकी सेना नेपाल आउने कुरा भयानाक छ, एमसीसी,एसपीपी वा कुनै पनि माध्यमबाट अमेरिकाले आफ्नो सेना नेपाल भित्र्याउन चाहेको छ, केही जिल्लामा आफ्नो व्यारेक राख्ने समेत प्रस्ताव गरेको कुरा आएको छ, यो कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन । अमेरिकाले प्रजातन्त्रको नाममा विश्वमा आतंंक मच्चाउदै आएको छ । त्यसैले अमेरिकी सेना नेपालमा नआउने बातावरण बनाउनु पर्छ। धर्मका नाममा विदेशी हस्तक्षेप छ, कम्युनिष्टलाई फुटाएर समाजवाद विरुद्ध उचालिदैछ, साम्राज्यवादको यो धर्म राजनीतिका विरुद्ध सबै कम्युनिष्टहरु एकतावद्ध हुनुको विकल्प छैन ।’
महासचिव विप्लव सीले नेपालको दलाल पुँजीवादको अन्त्य नगरेसम्म नेपालमा राष्ट्रिय स्वाधीनता स्थापित नहुने र नेपाली जनताले शान्तिको सास फेर्न नपाउने ठोकुवा गर्दै भने- ‘नेपालको अर्थतन्त्र जनतातिर फर्किएको छैन,निश्चित मान्छेको हातमा कव्जा भएका कारण कम्युनिष्टहरु सरकारमा गएर पनि सुधार गर्न सकिरहेका छैनन्,यसलाई जनतातिर फर्काउनु पर्छ’ उनले भने, ‘नेपालमा वित्तीय दलाल पुँजीवाद छ, यसले विदेशी पैसा ल्याउने र देशमा चर्को व्याजमा लगानी गरेर जनताको पैसा थुत्ने र देश कंगाल बनाउने काम गरेको छ, यसले देशलाई आर्थिक संकटतिर धकेलेको छ, यस विरुद्ध पनि लड्नै पर्छ ।’
यसैगरी, महासचिव विप्लव सीले नेपालमा जनयुद्धलाई अपराधीकरण गर्न खोजे त्यो आफ्नो पार्टीलाई स्वीकारे नहुने चेतावनी दिए । उनले जनयुद्धको बेला सफल समाजवादी अभ्यास भएको भन्दै जनअदालत, जनकम्युन, जनसत्ताका माध्यमबाट जनतामा सफल काम गरेको दाबी गरे । उनले जनयुद्धको बेला रोल्पाको नुवागाउँदेखि धवाङ सम्म ९२ किलोमिटर सड्क समेत दुईबर्षमा खनेर समाजवादको सफल अभ्यास गरेको बताए ।

यसैगरी, सोही कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले माओवादी विभाजनले माओवादी कार्यकर्ता जहाँ भएपनि युवा तथा क्रान्तिकारी आशा लाग्दो नेता विप्लवप्रति आशा र माया गरेको बताए । उनले जनयुद्धमा विप्लवको आफू सिपाही भएको स्मरण गर्दै भने- ‘म विद्यार्थीको इकाई कमिटीमा हुने बेला विप्लव विद्यार्थीको केन्द्रको उपाध्यक्ष हुनुहुन्थ्यो,जनयुद्धमा जनमुक्ति सेना हुदा उहाँ पश्चिम नेपालकै कमाण्डर हुनुहुन्थ्यो, परिस्थितिले हामी जहाँ भएनि उहाँप्रति आशा र माया छ ।’
उनले विप्लवको पार्टीमाथि आक्रममण हुदा आफूमाथि आक्रोस पैदा हुने गरेको बताए । नेता जेम्सले प्रचण्डलाई गम्भीर हुन सुझाव दिदै सिंगो माओवादी आन्दोलन एकताबद्ध गर्न सुझाव दिंदै भने – ‘हिजोका दिनमा कुन नेताको कहाँ कमजोरी भयो त्यो समिक्षा गर्नुपर्छ, तर अबको आवश्यकता दलाल पुँजीवाद र साम्राज्यवादसंग लड्नु छ, त्यसका लागि सबै माओवादी कम्युनिष्टहरु एकताबद्ध हुनुपर्छ ।’
उनले आवश्यक परे फटाहा तथा देश र जनताका घातक तत्वहरु विरुद्ध आफू रगत बगाउन तयार भएको पनि प्रतिबद्धता व्यक्त गरे । नेता जेम्स जनयुद्धको बेला जनमुक्ति सेना नेपालको कुशल कमाण्डर थिए ।

प्रतिक्रियाहरु