अरबपति महिला व्यवसायीलाई मृत्यूदण्डको सजाय !

२०८० चैत्र ३० गते, शुक्रबार


काठमाडौँ । द गार्डिएनको रिपोर्टका अनुसार भियतनाममा एक अरबपति महिला व्यवसायीलाई मृत्य्ुदण्डको सजाय सुनाइएको छ। रियल स्टेट कारोबारी ट्रांग माई लान नामक ति महिलालाई बैंकिंग घोटाला काण्डमा मृत्युदण्डको सजाय सुनाइएको हो । रिपोर्टका अनुसार यो घोटाला अनुमानित २७ अर्ब डलर रहेको र भियतनामको इतिहासको अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक अपचलनको घटना भएको जनाइएको छ । प्रोपटी टाइकुन तथा प्रम्ुख डेभलपर वान थिन्ह फैटकी प्रेसिडेन्ट ट्रांग माई लानलाई यो घटनाको सम्बन्धमा ५ साताको सुनुवाईपछि मृत्युदण्डको सजाय सुनाइएको हो । उनलाई एक दशकभन्दा पनि बढी समयसम्म साइगान कमर्सियल बैंक(एससीबी)को पैसा अलचलन गरेको घटनामा दोषि पाइएको थियो । रिपोर्टमा उनले अपचलन गरेको २७ अर्ब डलर रकम सन् २०२३ मा भियतनामको कुल जीडीपीको ६ प्रतिशत रहेको जनाइएको छ ।
ट्रांग माईले आफ्नो कम्पनीलाई फाइदा पुग्ने गरी सन् २०१२ देखि २०२२ सम्म बैंकबाट गलत तरिकाले ऋण लिएकी थिइन् । उनले ऋणको केहि रकम आफुले राखेकी थिइन्् र केहि रकम यो घटनालाई लुकाउनका लागि अडिट अधिकारीहरुलाई घुस दिएकी थिइन् । उनले बैंकबाट दश वर्षको अवधिमा २ हजार सय पटक ऋण लिकी थिइन् । जुन बैंकको कुल कर्जाको ९३ प्रतिशत हुन आउँछ । यो मामिलाको सुनुवाईको क्रममा जुरीका ३ जना सदस्य र न्यायधिसको प्यानले अभियोजन पक्षका साथै बचाव पक्षको तर्कका आधारमा मृत्युदण्डको सजाय सुनाएको थियो । अभियोजनकर्ताहरुले महिला व्यवसायी ट्रांगले गरेको यो घोटालाले देशलाई ठूलो नोक्सान पुर्याएको बताएका थिए । उनलाई सुनाइएको सजायलाई भ्रष्टाचारविरुद्ध भियतनामको राष्ट्रिय अभियानका रुपमा लिइएको छ । यो घोटाला प्रकरणमा संलग्न ट्रांग माईका अलावा अन्य ८५ जनालाई समेत भ्रष्टाचार र पदको दुरुपयोगको तथा बैंकिङ कानून उल्लंघन गरेको आरोपमा सजाय हुन सक्ने जनाइएको छ । यो घटनामा लगभग ४२ हजार जना पिडित रहेको जनाइएको छ ।
ट्रांग माईलाई सन् २०२२ मा पक्राउ गरिएको थियो । तर त्यसबेला उनले आरोप अस्विकार गरेकी थिइन् । उनले गत साता अदालतमा अन्तिम टिप्पणी गर्दै आत्महत्या गर्ने सोच बनाएको बताएकी थिइन् । – एजेन्सी

प्रतिक्रियाहरु