स्रोत नखुलेको साढे १८ लाखसहित १ जना पक्राउ

२०८० चैत्र १८ गते, आईतवार


काठमाडौँ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २३ वर्षीय रिसब श्रेष्ठ छन् । रिसबलाई साढे १८ लाखसहित पक्राउ गरेको हो । उनी लु २ ख ४५३५ नम्बरको बसका चालक रहेको प्रहरीले जनाएको छ । उक्त रकम तिलोत्तमा नगरपालिका–११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पु¥याइदिन भनि दिएको श्रेष्ठले प्रहरीसमक्ष बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार