उत्तरपुस्तिका हराएका विद्यार्थीको पुन: परिक्षा

२०८० चैत्र १६ गते, शुक्रबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीहरुको यही चैत २१ गते पुनः परिक्षा लिने भएको छ । त्रिविले आफ्नो गल्ती लुकाउन विद्यार्थीलाई दोहोरो परिक्षा दिन लगाएर सास्ती दिएको यो लगातार दोस्रो वर्ष हो । गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायको जनसंख्या तथा स्वास्थ्य र शिक्षा शास्त्र संकायको शिक्षाको आधार विषयका झण्डै ४ सय उत्तर पुस्तिका हराएका थिए । यस विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले उच्चस्तरीय समिति गठन गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को हिजो बसेको बैठकले विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिले दिएको सुझावअनुसार आवश्यक निर्णय लिइने त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ । समितिले एक महिनामा प्रतिवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार