श्रम संघर्ष र अनुसन्धानको नयाँ कम्युनिष्ट स्कुल

२०८० चैत्र १५ गते, बिहीबार

असल सी

आजसम्मको  नेपाली कम्युनिष्ट आन्दोलन बिभिन्न सफलताका बावजुद टुटफुट र बिभाजनको दुस्चक्रवाट गुर्जिरहेको छ । नेपालमा सबैभन्दा बढि संघर्ष बलिदानको कृतिमान खडा गर्ने कम्युनिष्टहरु नै छन् ।  तर आफैभित्र कहिल्यै नमिल्ने सधै टुटफुट र बिभाजनको सिमाका कारण अरुभन्दा शक्तिशाली हुँदा हुँदै    पनि परिणाममा कमजोर सावित हुन पुग्ने गरेका छन ।   यसको एउटै कारण हो, नेपालका कम्युनिष्टहरुको स्कुल नबदलिनु । कम्युनिष्टहरुको बलमा सत्ता परिवर्तन हुने तर सत्ता संचालन गर्न कम्युनिष्टहरु असफल रहने स्थिति पैदा भएपछि कम्युनिष्ट स्कुलवारे नै नयाँ ढङ्गले सोच्न जरुरी नै हुन्थ्यो ।  सिद्धान्तदेखि  सिद्धान्त, गफदेखि  गफ, तर्कदेखि  तर्क र बहसदेखि  बहससम्मको मात्र स्कुललाई श्रम सघर्ष र अनुसन्धानको स्कुलको रुपमा नेकपाले नयाँ सैद्धान्तिक मान्यतासहित बिकास गरेको छ ।  जो आजको परिवर्तनकामी दुनियाँको नयाँ र आधुनिक कम्युनिष्ट स्कुल हो । यस आलेखमा हामी यसै बिषयमा चर्चा गर्दैछौ ।

पुरानो स्कुल 

पुरानो भन्नाले ऐतिहासिक मान्यता सहितको जग हो ,  यसको सम्मान आजको पुस्ताले गर्नै पर्दछ । मजबुत ऐतिहासिक ज्ञान तथा अनुभवसिद्ध ज्ञानको साखा र त्यसका सकारात्मक पक्षको ग्रहण, नकारात्मक पक्षको समिक्षाले नै नयाँ ज्ञानको आलोक तयार पार्न मद्दत गर्दछ । त्यसकारण पुरानो कम्युनिष्ट स्कुलले नेपाली समाजलाई कम्युनिष्ट जनमतको निमार्ण संगठनात्मक स्थितिहरुमा नयाँ बिकास र सामान्य गरीब किसान र तल्लो तहमा रहेका मान्छेलाई माथी उठाउन र परिबर्तन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । तर त्यसका केही सिमाहरु रहे जसले  सत्ता संचालन परिचालन र आमुल परिबर्तन जस्ता महत्वपूर्ण काम गर्न पर्दथ्यो र जनमतको रक्षा बिकास र रुपान्तरण गरीरहन पर्दथ्यो जो सकेन । आफैले आफैप्रति  अबिश्वास गरि रहयो । आपसी झगडा तानातान शंका  उपशंका  साँघुरोपन हुँदै बिभाजनका चक्रहरुको खडा ग¥यो । जो पुरानो कम्युनिष्ट स्कुलको कमजोर पक्ष हो परिणामतः नयाँ कम्युनिष्ट स्कुलको अनिवार्य आवश्यकता  बन्न गयो । नयाँ स्कुल श्रम संर्घर्ष र अनुसन्धानको स्कुल रचनात्मक स्कुल हो ।  पुरानो कम्युनिष्ट स्कुलले खडा गरेका ध्वसांत्मक वा आलोचनात्मक स्कुलका कयौ अवशेसहरु रहन त सक्दछन तर पुरानो स्कुलमाथी बिजय प्राप्त गर्ने महत्वकांक्षा यो स्कुलले बोकेको छ ।

नयाँ कम्युनिष्ट स्कुल

नयाँ भन्ने  बित्तिकै पुराना चिजहरुमाथीको बिजय भन्ने नि बुझाउछ । बिगतको कम्युनिष्ट स्कुल सिद्धान्तमा टेकेको थियो भने नयाँ कम्युनिष्ट स्कुलले सिद्धान्तमा मात्र खडा भएको आलोचनात्मक स्कुललाई रचनात्मक ब्यवहारमा खडा गर्न खोजेको छ । पुरानो कम्युनिष्ट स्कुलले आलोचकहरुको पैदा ग¥यो।  जसको  परिणाम धेरै भन्दा धेरै नेता कार्यकर्तामा प्रतिपक्षीय तथा बिरोधी मानसिकताको निमार्ण हुन पुग्यो । प्रतिक्रियावाद र पुँजीवादलाई कण्डयाम गर्ने तहसम्म यो सहि नै थियो र हो पनि।   तर आफ्नैभित्र पनि यो स्कुलले बिध्वंस मच्चायो।   परिणामतः यो स्कुल बदल्नु अनिवार्य बनेको अवस्थामा श्रम संघर्ष र अनुसन्धानको स्कुलले यसलाई बिस्थापन गर्दै नयाँ एकीकृत जनक्रान्तिको रचनात्मक स्कुल खडा गर्न खोजेको छ । स्कुल सुन्दर रचना पनि हो।   बगैंचामा  मालीले सुन्दरताको प्रतिक फूलहरु फुलाउछ, त्यसको सुगन्ध आन्नदित हुन्छ र सबैले आनन्द अनुभूति गर्दछन ।  हो कम्युनिष्ट स्कुल पनि सबैलाई आन्नदानुभूति पैदा गर्ने हुनु पर्दछ । एकीकृत जनक्रान्तिको स्कुलले  सबै कम्युनिष्टहरुलाई आनन्दित पार्दै जानु पर्दछ । पुरानो मान्यतामा खडा भएको ज्ञानबाट ज्ञानको मात्र स्कुल पुरानो बनिसकेको छ । स्कुल ज्ञानको शाखा त हो नै तर ज्ञानले नयाँ संसारको रचना पुरानो बिरासतको सामना र चुडिएका फूलहरुको रचना गर्न सिकाउछ । नयाँ कम्युनिष्ट अर्थात एकीकृत जनक्रान्तिको स्कुल पुरानो सोच चिन्तन र मानसिकतामाथीको बिजय हो । आजको कम्युनिष्ट हुने कुरा फरक कुरा हो । एककाइसौ सताब्दीको उत्तरार्धमा  आइपुग्दासमेत हाम्रो बिगतको ज्ञान सिमित हुन आईपुगेको छ  , यो सिमिततालाई बिस्तारमा र ज्ञानलाई  जिवनमा बदल्न जरुरी छ । ज्ञानदेखि  ज्ञान होइन  कि ज्ञानदेखि  जिवन ब्यवहारमा बदल्ने ज्ञानको आवश्यकता बोध भएको छ । पुराना किताव घोकेर तयार गरिएको ज्ञान पनि एक प्रकारको ज्ञान त हो   तर त्यति मात्र पूर्ण होइन ।   घोकिएको ज्ञानलाई जव जिवन ब्यवहारमा लागू  गरिदैन त्यसले केवल कुतर्कहरुको पैदा गर्दो रहेछ।   कुतर्कहरुले आफुलाई आफ्नै लागी मात्र सही  साबित गरेता पनि अरु दुई जना मान्छे समेत कन्भेन्स गर्न सकेन् । परिणामतः आज नयाँ कम्युनिस्ट स्कुलको बहस गर्न जरुरी बन्न गएको छ । माक्र्सवादी कम्युनिष्ट सिद्धान्त पनि अपरिवर्तनिय होइन  र छैन पनि यो दुनियाँको हरेक बस्तु परिबर्तनशिल छ भन्ने बिज्ञानलाई मान्ने हो भने सिद्धान्तहरुको बिकास, परिवर्तन अर्थात समय अनुकुल हुन अनिवार्य छ । माक्र्स कति सालमा जन्मिए ? कति सालमा मरे ? के खाए ?  के लगाए ?  कहाँ सुते  ? कोसंग सुते ? आज यो स्कुल पछाडि परिसकेको छ । आजको समाजमा माक्र्सवादका के कुरा लागू  हुन सम्भव छ , त्यो कुरा लिने हो।   जो कुरा समाज बिकासको क्रममा पछाडी परिसके ति कुराहरुको बहस गरेर काम हुँदैन  । आजको कम्युनिष्ट स्कुल भनेको आधुनिक कम्युनिष्ट तयार गर्नु हो नकी रुढिवादी कम्युनिष्ट । नयाँ निमार्णको अवस्थामा पुराना कयौं  कुरा पछाडि  परिसकेका हुन्छन् ।   आज पनि माक्र्सवादका कयौ कुराहरु पछाडि  परिसकेका छन । आजको कम्युनिष्ट स्कुलको मुख्य कुरा आधुनिक कम्युनिष्ट पार्टी, प्रबिधि  मैत्रि नेता कार्यकर्ता बनाउनु हो । त्यसो गर्दा तीन कुरामा ध्यान केन्द्रित गर्न जरुरी छ , श्रम, संघर्ष र अनुसन्धान । माओले ज्ञान कहाँवाट प्राप्त हुन्छ ? भन्ने प्रश्नमा उत्पादनको लागी संघर्ष, बर्गसंघर्ष र बैज्ञानिक प्रयोगवाट भन्नु भयो ।  हामीले यसलाई श्रम, संघर्ष अनुसन्धान भनेका छौ । आजको समाजमा यो सही  छ । यो आजको नयाँ शंस्लेषण हो ।

श्रम संघर्ष र अनुसन्धान

श्रम– श्रम भनेको मानसिक श्रमलाई पनि श्रमको रुपमा नै बिश्लेषण गरिएको छ ।  तर मानसिक श्रम शारीरिक स्वास्थ्य र जिवन उपयोगी श्रम होइन  । मानसिक श्रमभन्दा शारीरिक श्रम नै मानविय जिवन उपयोगी श्रम हो । मानविय जिवन उपयोगी श्रम गर्न अनिवार्य हुन्छ ।   मानसिक श्रम भनेर दिनभर कोठामा बस्नुलाई श्रमको परिभाषा भित्र राख्न मिल्दैन । श्रमलाई पुर्खाको बिडो धान्ने स्तरवाट पनि हेर्न हुदैन ।  आजको समाज बिकासको चरित्रवाट हेर्न जरुरी हुन्छ । श्रम प्रतिको माया, श्रममाथि  उभिएको जिवन र श्रमले निमार्ण गरेको स्वास्थ्य नयाँ कम्युनिष्ट स्कुलको बिशेषता हो । श्रमचोर, श्रमको बिरोध र श्रमप्रतिको अपमान कम्युनिष्ट मान्यताको बिपरित छ । एउटा असल कम्युनिष्टको निम्ति शारीरिक श्रम अनिवार्य सर्त हो । श्रमलाई  उत्पादनसंग जोडनु उत्पादनमार्फत ब्यक्तिगत जिवन र राष्ट्रको समृद्धी कायम राख्नु हो । आजको कम्युनिष्ट स्कुलले श्रमप्रतिको प्रेम पैदा गर्दै गएको छ । श्रमलाई अझै आधुनिकिकरण गर्दै राष्ट्र निमार्ण अथार्त देशलाई समृद पार्ने तहमा पु¥याउनु यसको लक्ष हो ।

संघर्ष– बाच्नको लागी सघर्ष गर्नु, लडनु र बिजय प्राप्त गर्नु भन्ने नै हुन्छ।   तर आज यसको परिभाषा उहिरुपमा रहेको छैन । संघर्ष भन्ने  बित्तिकै लडने भन्ने होइन  । एउटा कम्युनिष्ट आफु बाँच्नमात्र होइन।   समाज रुपान्तरणको लागि  संघर्ष गर्दछ । सामाजिक जिवन र उसको आफ्नै जिवनलाई श्रेष्ठ सावित बनाउनु उसको कर्तब्य हो । एउटा कम्युनिष्ट कुनै न कुनै संर्घषका मोर्चाहरुमा भाग लिएकै हुनु पर्दछ । जसले  समाज रुपान्तरणको अग्रणी भूमिका निर्वाह गर्न सकोस । बर्ग संघर्ष, समाज परिवर्तनका निम्ति हुने संघर्ष होस वा अन्य कुनै अधिकारको निम्ति लड्ने लडाईहरु ति लडाईहरुको अग्रमोर्चामा रहेको सक्षम योद्धा नै कम्युनिष्ट हो ।

अनुसन्धान– हरेक मान्छेले आफ्नो जिवनमा धेरै कुराहरुको अध्ययन अनुसन्धान गरिरहेको हुन्छ । केही नगरेर मान्छे सफल हुन सक्दैन । अरु केही नसके पनि आफ्नै जिवनको वारेमा अध्ययन गरेको हुन्छ । तर एउटा कम्युनिष्ट समाजका हरेक घटनाको अध्ययन गर्न सक्छ । आज महासचिव   बिप्लव नेपाली कम्युनिष्ट आन्दोलन र बिश्व कम्युनिष्ट आन्दोलनमा भएका सफलता असफलता र आज विज्ञान प्रबृधिमा भएको बिकास साथै कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम बिचार सिद्धान्तमा नयाँ शंस्लेषणहरु गर्नु भएको छ ।   जो बिश्वका सबै कम्युनिष्टहरुका निम्ति अध्ययन र अनुसन्धानको बिषय हो । कम्युनिष्ट हुनुको अर्थ नयाँ खोज र अनुसन्धान गर्नु पनि हो । पुरानै ज्ञानमा रमाउनु अरुले लेखेका सिद्धान्तहरुको ब्याख्या बिश्लेषणमात्र गर्नु तर आफुले के हि पनि नयाँ गर्न नसक्ने नयाँप्रति आकर्षण समेत नभएको बिगतको कम्युनिष्ट आन्दोलनको धारालाई आजको नयाँ कम्युनिष्ट स्कुलले क्रस गरेको छ ।  न्यूटनियन जगमा खडा भएको हेगेलको डायलेटिक्सले समग्रलाई दुइ भागमा बिभाजन गर र परस्पर बिरोधि तत्वहरुवारे बुझ भन्दछ तर आज बिकास भएको डायलोजीले बिरोधीहरुका सकारात्मक पक्षहरुलाई एकतावद्ध गर भन्दछ जुन महासचिव कमरेडले प्रयोग गरिरहनु भएको छ । अहिले भैरहेको महासचिवको स्मार्ट मुभ डाइलेटिक्स मात्र नभएर डायलोजी हो । न्यूटनिय जगमा हाइजनवर्गले महल बनाए जस्तै एकीकृत जनक्रान्तिमार्फत माक्र्सको जगमा नयाँ सुन्दर महल बनाउने प्रयास गरे जस्तै डायलेटिक्सको जगमा डायलोजीको बिराट घर बनाउन पर्ने भएको छ । यो नयाँ खोज अनुसन्धानको बिषय हो । निर्धारणवादका सकारात्मक कुराहरुको ग्रहण गर्दै अनिश्चयताले बिस्तापन ग¥यो,  यो नयाँ आजको अनुसन्धान हो । समाज बिकासक्रममा उहि कुरा कसरी रहिरहन संभव छ , कि त बिकास हुन्छ कि त लोप भएर जान्छ ।  आज सबै कम्युनिष्टहरुले अनुसन्धान गर्न जरुरी बिषय हो ।

अन्तमा,

स्कुल ज्ञान बिज्ञानको क्षेत्र हो । आजको दुनियाँ  दिन कटाएर नेता मान्ने स्थानमा छैन । आजको राजनिति दिन कटाउने सत्ता र शक्ति हासिल गर्न होइन  दिनहरु बदल्न र नयाँ दिनहरुको शुरुवात गर्न जरुरी छ । दिन कटाएको भरमा कसैले कसैलाई नेता स्वकार गर्ने स्थानमा आजको समाजिक प्रबृति छैन । गौरवपूर्ण इतिहाँस ( पुरानो ज्ञान ) को मजवुत जग, नयाँ ज्ञान ( एकीकृत जनक्रान्ति ) को आलोक र सुन्दर भविष्य ( समाजवाद ) को यात्रा एउटा सक्षम कम्युनिष्टले तय गर्ने बाटो हो । पुरानो ज्ञानको जग पनि मजवुत छैन,  आजको ज्ञान र बिज्ञानसंग पनि साक्षात्कार  हुन सकेन भने त्यो बाटो अलपत्रको बाटो हो , त्यसले सुन्दर भबिष्य चुम्न सम्भव छैन ।

आजसम्मको कम्युनिष्ट स्कुलले मान्छेहरुभित्र खराबीहरुको खोजी ग¥यो । हरेक बस्तु दुईमा बिभक्त हुन्छ भन्दै एउटा असल मान्छेमा पनि खराबी हुन्छ भनेर खरावीहरुको खोजी गर्ने तहसम्म त्यो स्कुल सफल नै र¥यो ।  यसलाई  हेगेलको द्धन्दवाद भनियो तर नयाँ स्कुलले हरेक खराव मान्छेभित्र पनि सुन्दर असल गुणहरु हुन सक्दछ,  ति असल गुणहरुको खोजी गर्न शुरुवात गरेको छ । खराव गुणहरुको खोजी गर्नु आम प्रबृती हो ।  तर असल गुणहरुको खाजी गर्दै असल गुणहरु ग्रहण गर्नु आम प्रबृति होइन ,  यो विशेष प्रबृती हो । त्यसकारण कम्युनिष्टहरुले बिगतमा गरेका सकारात्मक कुराहरुको स्वामित्व लिने र सोच चिन्तन र प्रणालीमा देखिएका समस्याहरुको समाधान आजको श्रम संघर्ष र अनुसन्धानको कम्युनिष्ट स्कुलले दिन खाजेको छ ।

प्रतिक्रियाहरु