मलेसियाले विदेशी कामदारहरुलाई ‘कलिङ भिसा’ जारी नगर्ने

२०८० चैत्र १४ गते, बुधबार


काठमाडौँ । मलेसियाको अध्यागमन विभागले विदेशी कामदारहरुलाई अब कलिङ भिसा जारी नगर्ने भएको छ। क्वोललम्पुरस्थित नेपाली राजदूतावासको अनुसार मार्च ३१ बाट विदेशी कामदारहरुलाई कलिङ भिसा जारी नगर्ने सूचना आएको जानकारी बताइएको छ दूतावासले मलेसियाको उक्त सूचनाका कारण अर्को सूचना नभएसम्मका लागि सुरक्षा क्षेत्र सेक्यूरिटी गार्ड बाहेकका कामदारको भिसा प्रक्रियाका लागि फाइल लिन नसकिने उल्लेख गरेको छ । नेपालको वैदेशिक रोजगारलाइ मलेसियाको यो निर्णयले प्रभावित हुनसक्ने देखिएको छ । हाल मलेसियामा ३ लाख बढी नेपाली कामदारहरु रहेका छन् ।

प्रतिक्रियाहरु