पाकिस्तानको एयरबेसमा आक्रमण !

२०८० चैत्र १३ गते, मंगलवार


काठमाडौँ । पाकिस्तानको सेनाका अनुसार पाकिस्तानको नेभल एयरबेसमा हमला प्रयास भएको छ। यस हमला प्रयासमा कम्तिमा चारजना चरमपन्थी मारिएका छन्। बलुचिस्तान प्रान्तको तुरबतमा नेभल एयरबेसमाथि हमला प्रयासलाई असफल पारिएको हो। सेनाका अनुसार यस आक्रमणका क्रममा एकजना सिपाही नोमान फरिदको मृत्यु भएको छ। घटनामा संलग्न चारजना चरमपन्थी मारिएका छन्।
यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको मजिद ब्रिगेडले लिएको छ। यसका प्रवक्ताले बताएअनुसार तुरबतमा एकजना लडाकु नेभल एयरबेसमा पसेका थिए।
पाकिस्तानको पीएनएस सिद्दीक नेभल एयर स्टेशन बलुचिस्तानको मकरान डिभिजनको तुरबत सहरमा छ। यो कराचीको पीएनएस मेहरान नेभल एयर स्टेशनपछि दोस्रो ठूलो एयर स्टेशन हो। यसअघि अलकायदाले सन् २०११ मा मेहरान बेसमा हमला गरेको थियो। त्यसपछि नौसेनाले कराचीबाट बाहिर पनि आफ्ना सदस्यलाई पठाउन थालेको थियो।

प्रतिक्रियाहरु