चीनद्वारा दक्षिण कोरियाली फुटबलर सन जुन–होलाई रिहाइ

२०८० चैत्र १३ गते, मंगलवार


काठमाडौँ । चीनले घुस लिएको आरोपमा पक्राउ परेका दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर सन जुन–होलाई हालै रिहा गरेको छ । चीनले १० महिना पछि रिहा गरेका फुटबलर होलाइ स्वदेश फर्किएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको हो । मिडफिल्डरलाई गत मेमा चीनमा गैर राज्यका कर्मचारीहरूबाट घूस लिएको आशंकामा पक्राउ गरिएको थियो । तर, उनको प्रकाउका बारेमा यो भन्दा बढी चिनियाँ सरकारले विवरणहरू भने उपलब्ध गराएको थिएन । ‘१० महिना पछि फुटबलर सन हालै दक्षिण कोरिया आइपुगेको कारण उसको हिरासत समाप्त भयो,’ दक्षिण कोरियाली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ हाम्रो सरकारले सनको परिवारसँग घनिष्ठ सञ्चारमार्फत सक्रिय कानुनी सहायता प्रदान गरेको थियो ।’
तर, बिदेश मन्त्रालयले उनी कहिले स्वदेश फर्किए वा उनीमाथि लागेको आरोप प्रमाणित भए नभएको भने कुनै जानकारी दिएको छैन । कोरिया फुटबल संघले पनि सनको रिहाइको पुष्टि गर्दै ३१ वर्षीय फुटबलर सोमबार फर्किएको जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु