बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु हुँदै

२०८० चैत्र १२ गते, सोमबार


काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आजदेखि बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने भएको छ । प्रतिष्ठानको कार्यालय नक्सालमा हुने प्रदर्शनीमा २३० कलाकारका २५० भन्दा बढी कलाकृति समावेश हुने प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार थुम्केलीले जानकारी दिए। उनका अनुसार प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’बाट छानिएका कलाकृतिलाई समेटेर आगामी जेठ १५ देखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ आयोजना गरिँदैछ ।
यसअघि काठमाडौंमा मात्रै राष्ट्रिय प्रदर्शनी हुँदै आएकोमा यो पटकदेखि प्रादेशिकरूपमा गर्न थालिएको हो। प्रतिष्ठानले कर्णाली, गण्डकी, सुदूरपश्चिम, लुम्बिनी, कोशी र मधेश प्रदेशमा प्रदेशस्तरीय प्रदर्शनी सम्पन्न गरिसकेको छ। प्रदर्शनी यही चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रियाहरु