टी–२० अभ्यास : नेपाल आयरल्यान्ड ए सँग खेल्दै

२०८० चैत्र १२ गते, सोमबार

काठमाडौँ । नपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी–यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।
नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । त्यसैले प्रदर्शन खेलाडीहरु विना दबाब गर्नेछन् ।
यसअघि, आईतबार (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग हुने शृंखलाका लागि नेपाल ‘ए’ को टोलीको घोषणा गरेको थियो । विनोद भण्डारीको कप्तानीमा क्यानले टी–२० र एकदिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो । नेपाल ‘ए’ ले आयरल्यन्ड ‘ए’सँग चैत १५, १६ र १८ गते टी–२० तथा चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु