इजरायलद्वारा गाजाको अस्पतालमा हमला

२०८० चैत्र ६ गते, मंगलवार

काठमाडौँ । इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ । गाजा पट्टीको सबैभन्दा ठूलो अस्पताल अल–शिफालाई यसअघि पनि इजरायली सेनाले निशाना बनाएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु