गाजामा मानवीय पहुँच सुनिश्चित गर

२०८० चैत्र ६ गते, मंगलवार


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन । महासचिव गुटेर्रेसले गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको उत्तरी भागमा भोकमरी आएको चेतावनी दिएपछि सो आग्रह गरेका हुन् ।
डिसेम्बर २०२३ मा गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण विश्लेषणले शत्रुताको तत्काल अन्त्य र जनसंख्याको लागि आवश्यक आपूर्ति र सेवाहरूको प्रावधानका लागि दिगो पहुँच नभए मे २०२४ को अन्त्यमा अनिकाल आउन सक्ने चेतावनी दिएको छ ।
अनिकाल रोक्नका लागि आवश्यक शर्तहरू पूरा नगरेको र पछिल्लो प्रमाणहरूका अनुसार उत्तरी गभर्नरेटहरूमा भोकमरी नजिकै रहेको र मध्य मार्च र मे २०२४ को बीचमा कुनैपनि समयमा भोकमरी हुनसक्ने अनुमान गरिएको भन्दै महासचिव गुटेर्रेसले तत्काल युद्धविरामको आवश्यकता रहेको बताए ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु