ट्रम्पद्वारा निर्वाचनमा आफूले नजिते रक्तपात हुने चेतावनी

२०८० चैत्र ५ गते, सोमबार


काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचन आफूले नजिते रक्तपात हुने चेतावनी दिएका छन् । सिनेट उम्मेदवार बर्नी मोरेनोको पक्षमा ओहायो राज्यमा प्रचार गर्ने क्रममा ट्रम्पले यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् । तर उनले केतर्फ संकेत गरेका हुन् त्यो भने स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै राष्ट्रपति जो बाइडेनको चुनावी अभियान टिमले ट्रम्पले फेरि अर्को जनवरी ६ निम्त्याउन चाहेको तर अमेरिकी जनताले उनलाई दोस्रोपटक पनि चुनावी पराजय दिने जनाएको छ । बाइडनको चुनावी अभियानका प्रवक्ता जेम्स सिंगरद्वारा जारी विज्ञप्तिमा ट्रम्पको अतिवाद, हिंसाप्रतिको मोह र बदलाको प्यासलाई अमेरिकी जनताले निरन्तर अस्वीकार गर्दै आएको उल्लेख छ । नोभेम्बर ५ अमेरिकी इतिहासकै सबैभन्दा महत्वपूर्ण दिन हुने र आफ्नो जित देशका लागि निर्णायक मोड हुने बताउँदै ट्रम्पले जो बाइडन अहिलेसम्मकै खराब राष्ट्रपति भएको टिप्पणीसमेत गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु