रुसको राष्ट्रपतिमा पुन: पुटिन निर्वाचित

२०८० चैत्र ५ गते, सोमबार


काठमाडौँ । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन विजयी भएका छन् । नियन्त्रित रुपमा गरिएको चुनावमा पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जित हात पारेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् । उनी जोसेफ स्टालिनपछि रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् ।
। बोरिस यल्तसिनले आफ्नो खराब स्वास्थ्यका कारण पुटिनलाई सत्ता सुम्पिएका थिए । त्यसयता उनले चुनाव हारेका छैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु